काठमाडाैं– वर्तमान सरकारले लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ नगरेको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आरोप लगाएका छन्।
_x000D__x000D_
नेपाल प्रेस युनियन भक्तपुरको अधिवेशनका क्रममा बाेल्दै कोइरालाले प्रेस स्वतन्त्रता, मानवअधिकार,वाक स्वतन्त्रता, न्यायपालिका कतै नै कतै ‘डिरेल’भएको बताए।
_x000D__x000D_
कर्मचारीलाई भ्रष्टचार गर्दिन भन्दै सरकारले जारी गरेको निर्देशनप्रति कटाक्ष गर्दै कोइरालाले भने, ‘पहिले प्रधाानमन्त्रीले भ्रष्टाचार गर्दिन भनी सपथ लिनुपर्छ।’ उनले सरकारलाई प्रश्न गर्दै थपे, ‘बुढी गण्डकी कर्मचारीले गेजुवालाई दिएको हो।’
_x000D__x000D_
दण्डहिनता बढेको औंल्याउँदै कोइरालाले प्रहरी प्रशासनको आलोचना गरे।
_x000D__x000D_
निर्मला हत्या प्रकरणमा प्रहरी बोल्न नसकेको भन्दै उनले भने, ‘निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको जति विरोध गरे पनि हुन्छ।’ अनुसन्धान कमिटी कतिवटा बनाइसकेको भन्दै प्रश्न गरे।
_x000D__x000D_
देवानी संहिता बनाउँदा कांग्रेसको सरकार भएकोले स्मरण गर्दै गल्ति स्वीकार गर्न नहिच्किाउने बताए।उनले थपे ‘गल्ति भएको स्विकार्न सक्नुपर्यो नि।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।