बुटवल– सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजस्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
_x000D__x000D_
सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच गर्ने क्रममा डिएल ११ सिए ८८४१ नम्बरको भारतीय महेन्द्र केयुभी गाडीमा भारतको झजर अग्रवाल कलोनी, ७ बस्ने ३१ वर्षीय गौरव गोयल र २८ वर्षीय अकिंत गोयलबाट १६ लाख २ हजार बराबरको सामान बरामद गरेर गाडी सहित उनीहरूलाई भैरहवा भन्सार कार्यालयमा बुझाएको छ।
_x000D_
_x000D_सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द खातीका अनुसार पछिल्लो एक महिनामा मात्र सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्र्याइएका ३० लाख भन्दा बढीका विभिन्न प्रकारका सामान बरामद गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।