टी–२० विश्वकप एसिया छनोट
_x000D_नेपाल भर्सेस मलेसिया
_x000D_मिति– २०७५ असोज २० गते, शनिबार
_x000D_स्थान– बायुमास ओभल
_x000D_समय– बिहान ७:४५ बजे
_x000D__x000D_
काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले सहज सुरुवात गरिसकेको छ। गत बुधबार म्यानमारमाथि अपेक्षाकृत ८ विकेटको जित निकालेको नेपालले बाँकी खेलमा पनि यस्तै नजिताको अपेक्षा गरेको छ।
_x000D__x000D_
किनकी प्रतियोगिताको सबैभन्दा माथिल्लो श्रेणीको टिम नेपाल हो। उपाधिको सबैभन्दा बलियो दाबेदार नेपालका लागि प्रतियोगितामा आयोजक मलेसिया र सिंगापुर मात्र टक्कर दिन सक्ने टिम आँकलन गरिएको छ। यद्यपी नेपालले कुनै पनि टिमलाई कमजोर नआँक्ने नेपालका प्रशिक्षक जगत टमाटाले बताइएका छन्।
_x000D__x000D_
यो अवस्थामा नेपालले शनिबार बिहान आयोजक मलेसियासँग खेल्दैछ। मलेसियासाबिरुद्ध उसैको घरेलु मैदानमा उत्रदा नेपाल सचेत छ।
_x000D__x000D_
नेपालका कप्तान पारस खड्का प्रत्येक टिमसँग सचेत हुनु पर्ने बताउँछन्। उनी भन्छन, 'प्रतियोगिताको उच्च वरीयताको टिम भएकाले हामीलाई दबाब छ। हामीबाट सबैले धेरै नै अपेक्षा गरेका छन्। साँच्चै हामीलाई सजिलो हुनेछैन। मलेसिया र सिंगापुर हाम्रा लागि बलियो प्रतिद्वन्द्वी हुन्।' '
_x000D__x000D_
_x000D__x000D_
नेपाल र मलेसियाबीच एकदिवसीय खेलमा प्रतिस्पर्धा भएको एक महिना भएको छ। एसिसी एसिया कप छनोटअन्तर्गत भएको प्रतिस्पर्धा ३० ओभरमा घटाइएको थियो। पहिले ब्याटिङ गरेको नेपालले मलेसियाविरुद्ध ३० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रन जोडेको थियो। कमजोर सुरुवात गरेको नेपालले सुरुवाती ५ विकेट सस्तैमा गुमाएको थियो। तर मध्यक्रमका ब्याट्सम्यानद्वय दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाउँदै नेपालको संकट टारेका थिए।
_x000D__x000D_
१ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटमा १ सय ६९ रन जोड्दा नेपाल १९ रनले विजयी भयो।
_x000D__x000D_
ठिक १ महिना ५ दिनपछि बायुमास ओभलमै नेपालले मलेसियासँग भिड्दैछ। त्यसैले बलियो मानिएको नेपालले सचेत भएर खेल्नुको विकल्प छैन।
_x000D__x000D_
टी–२० प्रतिस्पर्धामा नेपाल र मलेसियाबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१३ मा कीर्तिपुरमा भएको एसिसी टी–२० कपमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो। नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसिया ९ विकेटको क्षतिमा १ सय ४४ रन मात्र जोडेको थियो।
_x000D__x000D_
_x000D__x000D_
प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गर्नेछन्। एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।
_x000D__x000D_
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणबाट २ टिम मात्र अन्तिम चरणका लागि छनोट हुनेछन्।
_x000D__x000D_
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
_x000D__x000D_
नेपाली टिम
_x000D_पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी । वैकल्पिक खेलाडी : सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ, सागर पुन ।
_x000D__x000D_
पहिलो चरणको छनोटमा नेपालको बाँकी खेल
_x000D_असोज २१– नेपाल भर्सेस थाइल्यान्ड
_x000D_असोज २३ – नेपाल भर्सेस भुटान
_x000D_असोज २४– नेपाल भर्सेस चीन
_x000D_असोज २६– नेपाल भर्सेस सिंगापुर
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।