काठमाडौं- राज्यले नागरिकता प्रदान गर्दा विभेदकारी नीति अबलम्वन गरेको भन्दै सरोकारवालहरुले चिन्ता व्यक्त गरेका छन्।
_x000D__x000D_
आमाको नामबाट नागरिकता प्राप्त गर्नका लागि कानुनी व्यवस्था जटिल रहेको भन्दै सुधारको लागि उनीहरुले सुझाव दिए। राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सम्वन्धमा सरोकारहरुसँग गरेको छलफलमा नागरिकताबाट प्रभावित व्यक्तिहरुको राष्ट्रिय सञ्जालले नागरिकताविहीन बनाउने प्रावधानहरु हटाउन तथा संशोधन गर्न माग गरेको हो।
_x000D__x000D_
नागरिकताबाट प्रभावित व्यक्तिहरुको राष्ट्रिय सञ्जालमा बोल्दै सञ्जालकी अध्यक्ष दिप्ती गुरुङले नागरिकता सम्वन्धी भएको कानुनी व्यवस्थामा भएको ‘बाबु पत्ता नलागे स्पस्टीकरणसहित स्वघोषणा’ वाक्यांशलाई हटाउन माग गरिन्। साथै गुरुङले नाम थर थाहा भएको तर ठेगाना थाहा नभएको र हालसम्म बाँचेको र मरेको पत्ता नभएको व्यवस्था पनि हटाउन माग गरिन्।
_x000D__x000D_
बाबु पहिचान हुन नसकेका कारणले राज्यविहीन बन्न पुगेकाले आवश्यक संशोधन गर्न पनि सुझाव दिइएको छ।
_x000D__x000D_
राज्य व्यवस्था समितिकी सभापति शशि श्रेष्ठले नागरिकता प्राप्त गर्नका लागि कानुनमा भएका व्यवधानहरुका विषयमा छलफलको सुरुवात गरेको प्रस्ट पारिन्। श्रेष्ठले सरोकारवालाहरुसँग यसपछि पनि छलफललाई जारी राख्ने बताइन्।
_x000D__x000D_
यस्ता छन् सुझाव-
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।