काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ।
_x000D__x000D_
जिल्ला, प्रदेश र जनवर्गीय संगठनको एकीकरण प्रक्रियाको खाका तयार गर्न सचिवालय बैठक बस्न लागेको हो।
_x000D__x000D_
अध्यक्षद्वय विदेश भ्रमणमा गएसँगै एकता प्रक्रियामा गतिरोध आएको थियो।
_x000D__x000D_
जिल्ला तथा प्रदेश नेतृत्वमा आपत्ति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि पार्टीमा विवाद उत्पन्न भएको थियो। शुक्रबार बसेको अध्यक्षद्वयको बैठकले सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो।
_x000D__x000D_
सचिवालय बैठक आइतबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।