काठमाडौं– कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या र त्यसपछि विकसित परिस्थितिले देश आक्रान्त छ। सोही घटनालाई लिएर जनताको संरक्षकको अभिभारा पाएको प्रहरी प्रशासन तथा सरकारबाटै पनि जुन किसिमको व्यवहार भयो, त्यसको विरुद्ध तथा निर्मलाको न्यायका लागि जनताहरुले स्वतस्फूर्त रुपमा आवाज उठाइरहेका छन्।
_x000D__x000D_
देशभरबाट उठेको आवाजले कतिपय क्षेत्रमा आन्दोलनकै रुप पनि लियो। निर्मलाको न्यायका लागि विभिन्न क्षेत्रका प्रतिनिधि तथा आमजनताहरुले आ–आफ्नै शैलीमा आवाज उठाइरहेका छन्। कतिले टायर बाले, नाराबाजी गरे, सडकमै उत्रिएर देउडा गीतमार्फत विरोध पनि गरे। कविले कवितामार्फत बोले, लेखकले लेख लेखे, समाजिक सञ्जालमा निर्मलाको न्यायका लागि स्टाटसहरु लेखिँदै आएका छन्।
_x000D__x000D_
यो रचनात्मक विद्रोहमा जुनरुपमा पन्त परिवार र कञ्चनपुरवासीहरु सामेल भएका थिए, यसमा देशभित्र मात्रै होइन, देशबाहिरबाट पनि उत्तिकै आवाज उठ्यो। यसैक्रममा रुपन्देही घर भई हाल अमेरिकामा बस्दै आएका राज क्षेत्री ‘राहुल’ पनि यही रचनात्मक विरोधमा सामेल हुन आएका छन्, गीत लिएर।
_x000D__x000D_
'पराइ त्यसै पराइ भए भर भएन बाको पनि
_x000D_घाती बनी निस्कन्छन् साथी–संगी भाको पनि
_x000D_बजारका खेलौनाझैं बेचिनुपर्छ भने
_x000D_जन्म नदेउ यो नर्कमा गर्भमै मार्देउ आमा
_x000D_आफ्नाहरु बाटै यहाँ लुटिनुपर्छ भने।'
_x000D__x000D_
क्षेत्रीले लेखेको यस गीत हाल संगीतबद्ध भएको छ। दीपकराज विश्वकर्माको संगीतमा रहेको गीतमा मेनुका पौडेलले आवाज दिएकी छन्। गीतमा क्षेत्रीले महिलाहरुले आफ्नै भनिएका र ठानिएका व्यक्तिबाट भोग्नु परेको हिंसा र पीडाबोधलाई कारुणिक रुपलाई बाहिर ल्याउने कोशिष गरेका छन्।
_x000D__x000D_
‘आफ्नै घरभित्रका हजुरबुवा, बुवा, काका, दाजुभाइबाट हाम्रा चेलीबेटीहरु बलात्कृत भइरहेको समाचार आइरेहका छन्। आफ्नो घरमै महिला असुरक्षित हुनु निकै गम्भीर विषय हो।’, अमेरिकाबाट फोन सम्पर्कमा जोडिएका क्षत्रीले गीत लेख्दै गर्दाको अनुभूति सुनाउँदै भने, ‘घरभित्रै पनि जगजगी खेपिरहेका बेला हाम्रा दिदीबहिनी र छोरीहरुलाई सरकारले पनि साथ दिँदैन भने, आखिर उनीहरुको संरक्षण कसले गर्ने त? यही प्रश्नको जवाफ खोज्दाखोज्दै गीत तयार भयो।’
_x000D__x000D_
उनले आफू देशबाहिर रहेपनि देशमा हुने विविध पाटोसँग जोडिइरहने बताउँदै निर्मलाजस्तै पीडितको न्यायका लागि आफ्नो रचनात्मक संघर्ष र सक्रियता जारी रहने बताए।
_x000D__x000D_
गीतका संगीतकार दीपकराज विश्वकर्माले हरेक नेपालीलाई जस्तै आफूलाई पनि पछिल्लोपटक बढिरहेका महिला हिंसा तथा बलात्कारका घटनाले चिन्तित तुल्याएको बताउँदै त्यस्ता कार्यको सांकेतिक विरोधस्वरुप गीत सार्वजनिक गरेको बताए। उनले भने, ‘सबैले आफ्नो ठाउँबाट यस्ता घृणित कार्यको विरोध गरिरहनुभएको छ। यसैमा ऐक्यबद्धतास्वरुप हामीले पनि एउटा धुन मिसाउने प्रयास गरेका हौं।’
_x000D__x000D_
गायिका मेनुका पौडेलले गीतसंगीतले कतिपय कठोर मनलाई पनि पगाल्न ल्याकत राख्ने दाबी गरिन्। मेनुका भन्छिन्, ‘गीतसंगीतले महिलाहरुलाई वस्तु सम्झिने दिमाग र मनलाई परिवर्तन गराउने सामर्थ्य राख्नसक्छ। म आफै पनि एउटी महिला भएकोले हाम्रै लागि लेखिएको शब्दमा किन आवाज नदिने भन्ने लाग्यो। र गीतसँग जोडिन पुगें।’
_x000D__x000D_
कन्चनपुरमा गत साउन १० गते निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे थियाे। निर्मलाकै न्यायका लागि भन्दै उनकै दिदी मनिषा पन्तले पनि देउडा गीतमार्फत् रचनात्मक विराेध जनाएकी थिइन्।
_x000D__x000D_
गीतकाे भिडियाे:
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।