इटहरी– देश संघीयताको अभ्यासमा छ। कतै राजधानी तोकिने नाममा त कतै प्रदेश नामाकरणमा विवादहरु देखिएका छन्। सात प्रदेशमध्ये कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशको नामकरण भइसकेको छ। अरु प्रदेश पनि नाम जुराउने कसरतमा छन्।
_x000D__x000D_
पूर्वको प्रदेश १ को स्थायी राजधानी कहाँ बन्ला? बहस सतहमा आएको छ।
_x000D__x000D_
स्थायी राजधानी कहाँ हुने भन्ने विषयले अहिले प्रदेशवासीको ध्यान खिचेको छ। जनतादेखि सांसदसम्म स्थायी राजधानी आफ्नो पायक पर्ने स्थानमा परोस् भन्ने ध्याउन्नमा देखिन्छन्। प्रदेश सांसद्ले आफ्नो बलबुताले भ्याउन्जेल लबिङ गरिरहेका छन्।
_x000D__x000D_
_x000D_विराटनगरका व्यापारीहरुले आफ्नो सक्रियता तीव्र पारेका छन्। विराटनगर आसपासका सांसद् तथा प्रभावशाली नेतालाई उनीहरुले त रात्रिभोजमा समेत बसाइसकेका छन्।
_x000D_
_x000D__x000D_
सांसद् मात्र होइन व्यापारी, नागरिक समाज, लेखक तथा पत्रकारले पनि प्रदेश राजधानी उपयुक्त स्थानमा हुनुपर्ने तर्क गर्न थालेका छन्। पत्रकार महासंघ प्रदेश समितिले प्रदेश १ को राजधानी विराटनगर नै उपयुक्त हुने तर्कसहित मुख्यमन्त्री शेरधन राईसमक्ष लिखित सुझाव बुझाइसकेको छ।
_x000D__x000D_
विराटनगरका व्यापारीहरुले आफ्नो सक्रियता तीव्र पारेका छन्। विराटनगर आसपासका सांसद् तथा प्रभावशाली नेतालाई उनीहरुले त रात्रिभोजमा समेत बसाइसकेका छन्।
_x000D__x000D_
खुर्सिद आलमको हत्यासँगै बहसमा आएको सुरक्षाको विषय थप प्रभावशाली बन्दै गइरहेको छ। राजधानीभन्दा नामाकरणलाई मात्र ध्यान दिएका साना दलले समेत राजधानीबारे मुख खोल्न सुरु गरेका छन्।
_x000D__x000D_
संघीय लोकत्रान्त्रिक राष्ट्रिय मञ्चकी सांसद् विष्णु तुम्बाहाम्फे विराटनगरबाहिर राजधानी राख्नुपर्ने तर्क गर्छिन्। विराटनगर सिमाना नजिकै भएको र यहाँ सांसद्हरु असुरक्षित हुने हुँदा राजधानी सार्नुपर्ने उनको भनाइ छ। उनकै भनाइमा सहमति जनाउँदै संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव पनि राजधानी सुरक्षित स्थानमा राख्नुपर्ने सुझाउँछन्।
_x000D__x000D_
राजधानीको विषय पेचिलो बन्दै गर्दा प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अझै मौन छ।
_x000D__x000D_
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले पनि कुनै ठोस निर्णय गर्न सकेन। कांग्रेसले औपचारिक रूपमा राजधानीको विषय उठान गर्न सकेको छैन। धेरैले यसलाई कांग्रेसको राजधानीको रणनीतिको रुपमा बुझ्न थालेका छन्।
_x000D__x000D_
कांग्रेस सांसद चन्द्रप्रसाद श्रेष्ठ भने विराटनगरबाहिर राजधानी लैजानुपर्ने पक्षमा छन्। तर सिंगो कांग्रेसले त्यसलाई पूर्ण समर्थन गर्ने जस्तो देखिन्न।
_x000D__x000D_
सत्तापक्षीय सांसद लिलम बस्नेत पनि विराटनगरबाहिरै राजधानी हुनुपर्ने पक्षमा छन्। 'राजधानी भनेको कसैको निर्वाचन क्षेत्र र जग्गालाई हेरेर होइन। प्रदेशका जनताको सुविधालाई मध्यनजर गरेर घोषणा गरिनुपर्छ,' उनको तर्क छ।
_x000D__x000D_
सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने भन्दै इटहरी तथा आसपासको क्षेत्रलाई समेटेर राजधानी बनाउन उनले लबिङ गरिरहेका छन्। आफ्नै घरमा प्रदेश सांसद्को भेला बोलाएरै उनले राजधानीको विषयमा इटहरीलाई समर्थन गर्न बारम्बार आग्रह गरिरहेका छन्।
_x000D__x000D_
यता, मुख्यमन्त्री शेरधन राई भने विराटनगर, इटहरी, धरान लगायत मुख्य सहरलाई समेटेर 'बृहत्तर विराटनगर' बनाउने पक्षमा देखिएका छन्। राजधानी र नामांकन एकै पटक टुंगो लगाउने गरी तयारी भइरहेको बताउँछन् उनी। 'कसैको जग्गा र घरलाई हेरेर भन्दा पनि प्रदेशको विकास र भविष्यलाई हेरेर राजधानी घोषणा हुनुपर्छ,' उनको भनाइ छ।
_x000D__x000D_
_x000D_स्थानीय तह निर्वाचनको समयमा कांग्रेसले विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने कुरा घोषणापत्रमा समावेश गरेको थियो।
_x000D_
_x000D__x000D_
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की विराटनगरको लागि सम्पूर्ण संरचना बनिसकेकाले राजधानी सार्ने झन्झट नगर्न सुझाउँछन्। मन्त्रीदेखि व्यापारीसम्मको रोजाइमा परेको विराटनगरले अधिकांश सांसदको मन खिच्न सकेको छैन।
_x000D__x000D_
संसद्मा बहुमतका आधारमा राजधानी तोक्ने कार्यक्रम भए विराटनगरबाहिर राजधानी जाने डरले सरकार सहमति जुटाउने ध्याउन्नमा लागेको छ। त्यसैले पनि मुख्यमन्त्री राई बारम्बार सहमतिमै राजधानी र नामांकन टुंगो लाग्ने बताउँदै आएका छन्।
_x000D__x000D_
प्रदेश १ का विराटनगर, इटहरी, धनकुटा र धरान सहरले स्थायी राजधानीको दाबी गरिरहेका छन्। अस्थायी राजधानी सञ्चालन हुँदा संरचना तयार भएको र ऐतिहासिक सहर हुनुको नाताले स्थायी राजधानी दाबी गरीरहेको छ विराटनगर। इटहरीले सुरक्षित र सबैलाई पायक पर्ने सहर भनेको छ भने धनकुटाले हावापानी र पुरानो क्षेत्रीय कार्यालयका संरचनाले राजधानी हुन योग्य भएको तर्क गरिरहेको छ। धरान व्यवस्थित र सुरक्षित सहरको पहिचान अघि सार्दै राजधानी दाबी गरिरहेको छ।
_x000D__x000D_
राजधानी आफूले भनेकै स्थानमा फरक नपरोस् भन्ने बुझाइमा प्रतिपक्षी कांग्रेस छ। अस्थायी राजधानीको रूपमा रहेको विराटनगर कांग्रेसको पकेट क्षेत्र भएकोले विराटनगर नै स्थायी राजधानी हुनुपर्ने कांग्रेसका केही सांसदको बुझाइ छ। प्रदेशको एक मात्र महानगरपालिकामा कांग्रेसको नेतृत्व छ। स्थानीय तह निर्वाचनको समयमा कांग्रेसले विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने कुरा घोषणापत्रमा समावेश गरेको थियो। त्यसैले पनि हुँदाछँदाको राजधानी बाहिर गयो भने कांग्रेसमाथि थप दबाब हुने देखिएको छ। त्यति मात्र होइन नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको पकड क्षेत्र भएकोले पनि विराटनगरबाहिर राजधानी लैजान कांग्रेसलाई सकस परिरहेको छ।
_x000D__x000D_
कांग्रेसको नजर गोठगाउँ
_x000D_कांग्रेसका प्रमुख सचेतक केदार कार्की विराटनगरको विकल्प खोज्न नहुने बताउँछन्। प्रदेशको विकास र आर्थिक समृद्धिको विषयमा योजना बनाउने बेला राजधानीको विषय उठाउन जरुरी नरहेको उनको भनाइ छ।
_x000D__x000D_
कार्कीकै भनाइलाई आधार मान्दै संसदीय दलका नेता राजीव कोइराला पनि मौन देखिएका छन्। उनको मौनता झनै कूटनीतिक देखिन्छ। उनी डा कोइराला निकट भएकोले पनि आफ्नै निर्वाचन क्षेत्रमा पर्ने इटहरीको बारेमा खुलस्त बोल्न सकेका छैनन्।
_x000D__x000D_
_x000D_डा कोइरालाकै निर्वाचन क्षेत्र मानिएको मोरङको गोठगाउँलाई कांग्रेसले समर्थन गर्न सक्ने देखिएको छ। सुनसरीका विजयी सांसद मौन रहेको अवस्थामा डा कोइराला भने राजधानीको विषयमा बारम्बार छलफल र परामर्शमा छन्।
_x000D_
_x000D__x000D_
प्रतिनिधिसभाका ४ क्षेत्रमध्ये ३ क्षेत्रमा विजयी कांग्रेसले सुनसरीकै धरान वा इटहरीको समर्थन गर्न सकिरहेको छैन। सुनसरी कांग्रेसका सभापति समेत रहेका उनी सुनसरी नै राजधानी हुनुपर्छ भन्नेमा लागिपरेको जस्तो देखिँदैन।
_x000D__x000D_
डा कोइरालाकै निर्वाचन क्षेत्र मानिएको मोरङको गोठगाउँलाई कांग्रेसले समर्थन गर्न सक्ने देखिएको छ। सुनसरीका विजयी सांसद मौन रहेको अवस्थामा डा कोइराला भने राजधानीको विषयमा बारम्बार छलफल र परामर्शमा छन्। सुनसरीका बहुमत क्षेत्रमा विजयी भएको कांग्रेसले मोरङकै बारेमा सहमत हुन खोज्नु थप चासोको विषय बनेको छ।
_x000D__x000D_
कुनै बेला कांग्रेसको पकड जिल्ला मानिएको मोरङ पछिल्लो समय कमजोर बन्दै गइरहेको छ। प्रदेश राजधानी मोरङमै राख्न सके पुरानो विरासत बिउत्याउन सक्ने उसको बुझाइ छ। त्यसैले पनि सकेसम्म विराटनगरमै जोड दिने नभए गोठगाउँमा पनि सहमत हुन सक्ने गरी कांग्रेसले तयारी थालेको छ।
_x000D__x000D_
कांग्रेसका लागि धरान खासै उर्वर नहुनु, इटहरी र धनकुटा पनि कांग्रेस पराजित नगर भएकोले विराटनगर नै कांग्रेसको प्राथमिकतामा परेको हो।
_x000D__x000D_
तर खुर्सिद आलमको हत्याकाण्ड पछाडि राजधानीको बहस थप पेचिलो भइरहेको छ। विराटनगरमा सुरक्षा संवेदनशीलता बढी भएकोले स्थायी राजधानी बनाउन सांसदहरू सशंकित भएका हुन्।
_x000D__x000D_
खुर्सिद हत्यापछि विराटनगरले स्थायी राजधानी बन्ने सम्भावना गुमाएको जस्तो देखिएको छ। धनकुटका लागि लबिङ कमजोर देखिएको छ। धरानका अधिकांश सांसद् राजधानी राख्न इच्छुक देखिएका छैनन्।
_x000D__x000D_
मुख्यमन्त्री नै खुल्ला क्षेत्रमा नयाँ स्मार्ट सिटी बनाउने ध्याउन्नमा छन्। विराटनगरमा राजधानी बनाउनुहुन्न भन्ने मत बलियो भइरहेका बेला इटहरीको सम्भावना चुलिएको छ। विराटनगरबाहिरको जनमतको पनि सम्मान हुने, सिमानाभन्दा टाढा रहने, इटहरीको नजिक र मुख्यमन्त्रीले खोजेजस्तै खुल्ला क्षेत्र भएकोले कांग्रेसले भने गोठगाउँलाई सम्भावित राजधानीका रुपमा हेरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।