लास भेगास– इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन्। अमेरिकाकी मोडेल क्याथरिन कायोर्गाले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी थिइन्।
_x000D__x000D_
रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ। उजले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् ।
_x000D__x000D_
“मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन,” ३३ वर्षीय रोनाल्डोले भनेका छन् । “बलात्कार घृणित अपराध हो ।”
_x000D__x000D_
तर क्याथरिनका वकिलले भने यौन शोषण विषयमा केस अघि बढ्ने दाबी गरिरहेका छन्।
_x000D__x000D_
उजुरीमा क्याथरिनले रोनाल्डोलाई रोक्ने क्रममा 'नो' र 'स्टप' भनेको उल्लेख गरिएको छ। सन् २००९ को जुनमा लास भेगाउको एक होटलमा रोनाल्डो र क्याथरिनले सँगै रात बिताएका थिए।
_x000D__x000D_
३३ वर्षीय रोनाल्डो यहि सिजन रियल म्याड्रिडबाट ९९.२ मिलियन पाउन्ड (१४ अर्ब ४३ करोड रुपैयाँ) मा युभेन्ट्समा ४ वर्षका लागि आबद्ध भएका थिए। रोनाल्डोले रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए। रियलका लागि उनले च्याम्पियन्स लिगमा १ सय ५ गोल गरेर कीर्तिमान बनाएका थिए। ला लिगमा भने उनले ३ सय ११ गोल गरे। रियलका लागि उनले १६ उपाधि जिते। उनले रियलका लागि ४४ ह्याट्रिक गरे भने ला लिगामा ३४ ह्याट्रिक गरेका थिए।
_x000D__x000D_
च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने अवसर पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।