काठमाडौं– चर्चित अन्तराष्ट्रिय रियालिटी शो ‘को बन्छ करोडपति?’ अब नेपालमा पनि सञ्चालनमा आउने भएको छ। सन् १९९८ मा ‘बेलायत’मा सुरु भएको ‘हु वान्ट्स टु बी अ मिलिनियर्स’को नेपाली भर्सन अाउँदो नोभेम्वरबाट सञ्चालनमा आउने भएको हो।
_x000D__x000D_
भारतीय टेलिभिजन च्यानलमा प्रसारण हुर्दै आएको कार्यक्रम ‘कौन बनेका करोडपति’ नेपाली माझ चर्चित रहेको छ।
_x000D__x000D_
भारतमा अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्दै आएको उक्त कार्यक्रमको नेपाली संस्करण भने 'महानायक' राजेश हमालले सञ्चालन गर्ने छन्। यसैका विषयमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै हमालले भने, ‘कार्यक्रमलाई जतिसक्दो नेपालीपन दिनेमा प्रयासरत छु। तर, पनि केही चुनौती भने महसुस भइरहेको छ।’
_x000D__x000D_
कार्यक्रममा भारतीय संस्करणका सञ्चालक अमिताभ बच्चनकाे एक भिडियो फुटेज समेत सार्वजनिक गरिएकाे थियो। जहाँ अमिताभले ‘को बन्छ करोडपति’ कार्यक्रम नेपालमा पनि सञ्चालनमा आउन लागेकाेमा खुसी व्यक्त गरेका छन्। उनले केही नेपाली शब्दको प्रयोग गर्दै कार्यक्रमका लागि शुभकामना सन्देश दिएका हुन्।'
_x000D__x000D_
‘हु वान्ट्स टु बी अ मिलिनिअर्स’को फ्रेन्चाइज संस्करण सञ्चालनमा आएका देशहरुमध्ये नेपाल १ सय ६१औं देश हो। ‘केबिसी नेपाल’ नाम दिइएको कार्यक्रममा अन्य देशमा जस्तै प्रतियाेगीहरुका लागि ‘लाइफ लाइन’, ‘अडियन्स पोल’, ‘फिप्टी फिप्टी’ र ‘फोन अफ फ्रेन्ड’ गरी ४ वटा सुविधा दिइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।