पोखरा– केही दिनअघि प्रदीप कुलुङले पृथ्वी राजमार्ग बस सञ्चालक समितिबाट धरान जाने टिकट बुकिङ गरे। गत असाेज ७ गतेदेखि लागू हुनेगरी यातायात व्यवस्था विभागले पाेखरा-धरानकाे भाडा ९ सय १३ बाट बढाएर १ हजार ४ रुपैयाँ कायम गरेकाे थियाे। तर, समितिले कुलुङसँग १ हजार २ सय ८५ रुपैयाँ लियो। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोखे, ‘धरानदेखि पोखरासम्मको गाडी भाडा नियमभन्दा धेरै मूल्यमा धमाधम बुकिङ भइरहेको छ। के सरकारी नियम लागू नहुने नै हो त?’
_x000D__x000D_
कुलुङजस्तै नेपाल सरकारले तोकेभन्दा बढी मूल्यमा समितिले अग्रीम टिकट बुकिङ गरिरहेको अन्य सेवाग्राहीको पनि गुनासो छ। ‘सरकारले तोकेको पोखरादेखि धरान जाने बसको टिकट मूल्य हेरेर बुकिङ गर्न गयौं। तर, त्यहाँ टिकट काट्दा भने बढी मूल्य लिइयो,’ कुलङले गुनासो गरे। दसैंका लागि भन्दै समितिले असोज १० गतेदेखि नै बुकिङ खुल्ला गरेको हो।
_x000D__x000D_
_x000D__x000D_
अग्रिम टिकट बुकिङ गर्दा अधिकांश टिकटमा गाडी नम्बर पनि समावेस नगरिएको यात्रुहरु बताउँछन्। ‘टिकट त लियौं। गाडी नम्बर लिन अर्को पटक बसपार्क नै आउनुपर्ने भयो,’ टिकट लिएर बसपार्कबाट फर्किंदै गरेका एक यात्रुले भने। यात्रु बस र त्यसको सुविधाबारे जानकारी लिन खोज्दा पनि भरपर्दो जवाफ नपाएको उनको गुनासो थियो।
_x000D__x000D_
पूर्वै जान अग्रीम टिकट बुकिङ गरेका अनिल सुनुवारले पनि सरकारले तोकेको भाडाभन्दा बढी मूल्य तिरे। उनले किन बढी मूल्य लिएको भनेर सोध्दा ‘डिलक्स बस’ हो भन्ने मात्रै जवाफ पाएको सुनाए। ‘मैले श्रीमतीका लागि टिकट लिएको हुँ। टिकटमा बस नम्बर पनि छैन,’ उनले भने।
_x000D__x000D_
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले भने तोकिएकै मूल्यमा टिकट बुकिङ गरिरहेको दाबी गरेको छ। ‘बुकिङ भनेर हाम्रो आधिकारिक काउन्टरबाट बढी मूल्य लिइएको छैन,’ समितिका महासचिव योगेन्द्र केसीले भने, ‘बाहिरबाट कसैले त्यस्तो काम गरेको छ भने कारबाही हुन्छ।’ सामान्य बसभन्दा ‘डिलक्स’ बसमा २० प्रतिशत मूल्य बढी लिन पाइने नियमकै आधारमा मूल्य फरक पर्न सकेको उनी बताउँछन्।
_x000D__x000D_
गाडीको प्रकृति अनुसार सामान्य, डिलक्स र सुपर डिलक्स गाडीको भाडादर फरक पर्ने समितिले जानकारी दिएको छ। ‘कतिपय अवस्थामा सवारीको प्रकृतिअनुसार तोकिएको भाडामा यात्रुहरुलाई जानकारी नहुनसक्छ। त्यसले समस्या निम्ताएको हुनसक्छ।’, महासचिव केसीले भने, ‘यदि तोकिएको दररेटभन्दा बढी असुलेको पाइएमा कारबाही हुन्छ र अवका दिनमा त्यस्तो प्रवृत्तिमा सुधार आउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।