दाङ– दाङमा आफूहरुलाई सुकुम्बासी भन्दै खोला र वनको जग्गामा जबर्जस्ती बनाइएका ५० घरटहरा भत्काइएको छ। जिल्ला वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरपालिकाले घरटहरा भत्काउँदै अतिक्रमित जग्गा खाली गराएको हो।
_x000D__x000D_
घोराही उपमहानगरपालिका–१३ र १४ मा पर्ने सेवार खोलानजिक रहेको बहुउद्देश्यीय पशुपति महिला सामुदायिक वनको जग्गामा केही दिनदेखि जबर्जस्ती टहरा बनाउन सुरु गरिएको थियो।
_x000D__x000D_
पटक–पटक वनको जग्गा अतिक्रमण गरेपछि आफूहरुले बाध्य भएर वन कार्यालयमा उजुरी हाल्नु परेको सामुदायिक वनका सचिव कृष्णा रानाले बताइन्। वन र खोलापारिको खाली जग्गा अतिक्रमण गरी टहरा बनाउँदै र बेच्दै गरेको थाहा पाएपछि सबै टहरा एकैपटक भत्काइएको घोराही उपमहानगरपालिका–१४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए।
_x000D__x000D_
सामुदायिक वनका पदाधिकारीले भत्काउन आग्रह गर्दा नमानेपछि वन कार्यालयका सुरक्षाकर्मीले घरटहरा भत्काएका थिए। वनको जग्गा अतिक्रमणमा परेको थाहा पाएपछि आफूहरु तुरुन्त कारबाहीमा उत्रिएको वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरी बताउँछन्।
_x000D__x000D_
टहरा बनाउँदै गरेका स्थानीयवासी भने आक्रोशित भएका छन्। उनीहरुले आफूहरुको बास नभएकाले जति भत्काए पनि फेरि बनाउने चेतावनी दिएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।