काठमाडौं– साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ३ दशमलब २३ अंकले घटेर १ हजार २ सय २७ दशमलब ३७ बिन्दूमा आइपुगेको छ।
_x000D__x000D_
बिहीबार परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ। १ सय ६५ कम्पनीको सेयर किनबेच गर्दा ४२ करोड ८६ लाख ४४ हजार ६ सय ६ रुपैयाँ बराबरको कारोबार भएको छ। जबकी बुधबार ३७ करोड ४० लाख ४९ हजार ८ सय ७५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।
_x000D__x000D_
पछिल्लो केही दिनदेखि निरन्तर रुपमा बैंकिङ समूहअन्तर्गतका कम्पनीहरुको उच्च कारोबार भएको छ। यसैको निरन्तरता बिहीबारको बजारले पनि पाएको छ। सबैभन्दा धेरै एनएमबी बैंकको सेयर कारोबार भएको छ। बैंकको ३ करोड १९ लाख १३ हजार ७ सय ११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
_x000D__x000D_
त्यस्तै माछापुच्छ्रे बैंकको २ करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल बैंकको करिब साढे एक करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
_x000D__x000D_
बिहीबार कारोबारमा आएकामध्ये ट्रेडिङ, फाइनान्स र जीवन बिमा समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ। ट्रेडिङ समूह १ दशमलब ६९ अंक, फाइनान्स समूह १ दशमलब ३६ अंक र जीवन बिमा समूह शून्य दशमलब ५५ अंकले बढेको छ। भने होटल समूहका लगानीकर्ताले सर्वाधिक २६ दशमलब ६९ अंकको घाटा व्यहोरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।