जनकपुरधाम– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेशलाई अघि बढाउने जिम्मा प्रदेश सरकारको रहेको बताएका छन्।
_x000D__x000D_
लोक सेवा आयोग, करार सेवा आयोगमार्फत कर्मचारी भर्ना गरेर प्रदेशको विकास कामलाई अघि बढाउनुपर्ने धारणा उनले राखे।
_x000D__x000D_
जनकपुर अञ्चल अस्पतालको नवनिर्मित बहिरंग विभागको उद्घाटन गर्दै मन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नको लागि निर्देशन समेत दिए। उनले जनकपुर अञ्चल अस्पतालको नाम फेरेर प्रादेशिक बनाउन प्रदेश सरकारलाई सुझाव दिए।
_x000D__x000D_
मन्त्री यादवले प्रदेशलाई श्रोतसाधन, प्रशासन सम्पन्न बनाउनको लागि संविधान संशोधन जरुरी रहेको बताए।
_x000D__x000D_
सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अनियमित तरिकाले काम गर्ने जोकोहीलाई प्रदेश सरकारले कारबाही गर्ने चेतावनी दिए। स्वास्थ्य सेवा प्रदेश सरकारको मातहत आइसकेकोले त्यसमा रहेको समस्या बुझेर समाधान खोज्दै अघि बढ्ने उनले बताए। अनियमित तरिकाले भएको कर्मचारी भर्ना खारेज गरिने उनले दोहोर्याए। 'कर्मचारी व्यवस्थापनको काम प्रदेश सरकारले गर्छ', उनले भने, 'गुणस्तरीय सेवाको लागि आवश्यक सबै कामहरु गर्छौं।'
_x000D__x000D_
सो अवसरमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको करिब चार करोड बराबरको उपकरण जनकपुर अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।