काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन्।
_x000D__x000D_
एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए।
_x000D__x000D_
यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले व्यावसायिक क्लबमा समेत काम गर्दै आएका थिए । बैठकले रेफ्री कमिटीका सदस्य सुरेन्द्र सिख्राकारलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्कालाई दुव्र्यवहार गरेको भन्दै एन्फाले सिख्राकारलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
_x000D__x000D_
बैठकले जिल्ला फुटबल सङ्घ र ए डिभिजन क्लबलाई मासिकरुपमा बल उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता राईले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।