काठमाठौं– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह 'बी'को खेलमा स्पेनिस महारथी क्लब बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामाथि ४–२ को जित निकालेको छ। टोटनह्यामलाई उसैको घरेलु मैदानमा हराउने क्रममा बार्सिलोनाका कप्तान लिओनल मेसीले २ गोल गरे।
_x000D__x000D_
खेलको दोस्रो मिनेटमा काउटिन्होले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। इभान राकिटिक २८ मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारे। ५२ मिनेटमा टोटनह्यामका ह्यारी केनले गोल गरेर बार्सिलोनाको अग्रता २–१ मा झारे। तर मेसीले ५६ मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे। ६६ मिनेटमा एडम लामेलाको गोलमा टोटनह्यामले बार्सिलोनाको अग्रता ३–२ मा झारे। खेलको अन्तिम मिनेटमा मेसीले टिमका लागि चौथो गोल गरेपछि बार्सिलोनाले ४–२ को जित पक्का गर्यो।
_x000D__x000D_
यहि समूहको अर्को खेलमा इन्टर मिलानले पिएसभीलाई २–१ ले हरायो। योसँगै समूह 'बी'मा बार्सिलोना र इन्टरको ६–६ अंक भएको छ।
_x000D__x000D_
_x000D__x000D_
यता समूह 'सी' को खेलमा पिएसजीले रेडस्टारलाई ६–१ ले हरायो। पिएसजीका लागि नेइमारले ह्याट्रिक गरे। उनले २०, २२ र ८१ मिनेटमा गोल गरे। इडिन्सन काभानीले ३७, एन्जल डी मारियाले ४१ र केलियन एमबाप्पेले ७० मिनेटमा गोल गर्दा पिएसजीले सानदार जित हात पार्यो। यो समूहको अर्को खेलमा इटालियन क्लब नापोलीले इंग्लिस क्लब लिभरपुललाई १–० ले हरायो। नापोलीका लागि इनसाइनले ९० मिनेटमा गोल गरेका थिए।
_x000D__x000D_
_x000D__x000D_
समूह 'ए' को खेलमा एट्लेटिको म्याड्रिडले क्लब बर्गलाई ३–१ गोलले हराएको छ। यता जर्मन क्लब बोरुसिया डर्टमुन्डले फ्रेन्च क्लब मोनाकोलाई ३–० गोलले पराजित गर्यो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।