बुसान, दक्षिण कोरिया- दक्षिण कोरियाली डुंगा दुर्घटनाको विषय समेटेर बनाइएको फिल्म हो, सिओल। यही फिल्मले खुब चर्चा परिचर्चा पाएको थियो।
_x000D__x000D_
दक्षिण कोरियाको यो डुंगा दुर्घटना सर्वाधिक हृदयविदारक मानिन्छ। दक्षिण कोरियालीलाई गहिरो चोट त दियो नै यही दुर्घटनाका कारण मुलुकको आमजनमत नै दुई भागमा विभक्त हुन पुग्यो।
_x000D__x000D_
एसियाकै सर्वाधिक ठूलो फिल्म महोत्सवका आयोजकहरुले यस पटक उत्तर र दक्षिण कोरियाको राजनीतिक विषयलाई मात्र नउठाउन आग्रह गरेका छन्। विगतका महोत्सवमा राजनीतिक विषय, खासगरी अन्तर–कोरियाले प्रमुखता पाउँदै आएको थियो।
_x000D__x000D_
बुसान फिल्म महोत्सवको २३औं संस्करण आजदेखि अक्टोबर १३ सम्म चल्नेछ। जहाँ ७९ देशका ३ सय २३ वटा फिल्म प्रदर्शन हुनेछन्। महोत्सवमा एक सय १५ वटा फिल्मको 'वर्ल्ड प्रिमियर' हुनेछ।
_x000D__x000D_
_x000D__x000D_
'यस पटकको महोत्सवको मुख्य विषयवस्तु नै एकीकरण हो,' आयोजक समितिका अध्यक्ष ली योङ–क्वान भन्छन्, 'यो वर्ष सम्बन्ध विकासको वर्ष हो। यो सम्बन्ध विस्तार र सुधारको अवसर पनि हो।'
_x000D__x000D_
महोत्सवमा दक्षिण कोरियाका निर्देशक जेरो युनले निर्माण गरेको 'सुन्दर दिनहरु (ब्युटीफुल डेज)' को प्रदर्शन आरम्भ गरिनेछ। यो फिल्ममा दक्षिण कोरियामा राम्रो जीवनको आशामा उत्तर कोरियाबाट भागेकी एक आमाले उत्तरमा रहेका परिवारसँग भेटेको मार्मिक कथा समेटिएको छ।
_x000D__x000D_
सन् २०१४ को सिओल डुंगा दुर्घटनाका बारेमा बनाइएको विवादास्पद वृत्तचित्रले महोत्सवमा चर्को बहस निम्त्याएको थियो। तर जेरोको यसपटकको फिल्मले भने सबैको मन जित्ने अपेक्षा आयोजकको छ।
_x000D__x000D_
_x000D__x000D_
'सिओलसँग सत्य लुक्न सक्दैन' नामको यो वृत्तचित्रमा सन् २०१४ अप्रिलमा भएको डुंगा दुर्घटनाको सम्बन्धमा तत्कालीन सरकारमाथि आक्रोश पोखिएको छ। यो डुंगा दुर्घटनामा ३ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो। तीमध्ये अधिकांश बालबालिका थिए।
_x000D__x000D_
तत्कालीन सरकारले आयोजकमाथि अनुसन्धान र अभियोग समेत लगाएको थियो। रकम कटौती गरेको थियो। महोत्सव आयोजक र सरकारबीच सार्वजनिक रुपमै आरोप–प्रत्यारोप चलेको थियो।
_x000D__x000D_
ली र महोत्सवका उपनिर्देशक जे जिओनलाई सुरुमा पदबाटै हटाइएको थियो तर यस वर्षको महोत्सवमा पुनः जिम्मेवारी दिइएको छ। राष्ट्रपति मून जाए–इनको वर्तमान सरकारले महोत्सवलाई सहयोग गर्ने वचनबद्धता व्यक्त गरिसकेको छ।
_x000D__x000D_
_x000D__x000D_
'हाम्रो आशा छ, यस वर्षको महोत्सवले निर्माताहरुलाई एक ठाउँमा ल्याउनेछ र महोत्सव पुनः सही मार्गमा आउने छ,' महोत्सवका नाम दोङ चुलले भने।
_x000D__x000D_
कोरियाली फिल्म उद्योगका कलाकारहरुको पनि महोत्सवमा ठूलै जमघट हुनेछ। नायकहरु ली ना–योङ, पार्क हाइ–इल, मून सो–री समेतका प्रसिद्ध कलाकारको यहाँ सहभागिता हुनेछ। साथै, हलिउडका निर्माता जेसन ब्लूम, सुप्रसिद्ध चिनियाँ कलाकार झाओ ताओ तथा भारतीय चलचित्र निर्माता राजकुमार हिरानी पनि महोत्सवमा सहभागी हुने आयोजकले जनाएका छन्।
_x000D__x000D_
_x000D__x000D_
ओस्कार पुरस्कार विजयी जापानी कम्पोजर रिउची साकामोतो पनि एसियन फिल्ममेकर अवार्ड ग्रहण गर्न महोत्सवमा आउनेछन्। उनले महोत्सवको उद्घाटन कार्यक्रममा कला प्रस्तुत गर्नेछन्।
_x000D__x000D_
महोत्सवमा धेरैवटा पुरस्कार जितिसकेको हङकङका फिल्म निर्माता स्टान्ले क्वान पनि आफ्नो पछिल्लो चलचित्र 'फर्स्ट नाइट नर्भ्स'सहित उपस्थित हुनेछन्।
_x000D__x000D_
स्थानीय फिल्महरु पनि यहाँ प्रदर्शन गरिनेछ। कोरियाली सिनेमा शीर्षकमा १६ वटा फिल्मको 'वर्ल्ड प्रिमियर' प्रदर्शन गरिनेछ। कुनै समय के–पपमा आबद्ध रहिसकेकी चोइ सू–योङ पनि आफ्नो प्रमुख भूमिकामा बनेको फिल्म 'मेमोरlज अफ अ डेड इन्ड'का साथ महोत्सवमा सहभागी हुनेछिन्।
_x000D__x000D_
_x000D__x000D_
महोत्सवको मुख्य प्रतिस्पर्धा ७ वटा मुलुकका १० वटा फिल्मबीच हुँदै छ। यसपटक महोत्सवमा भुटानी कलाकार टासी ग्येल्त्सेनको 'द रेड फाल्लुस' नाटकसमेत मञ्चन हुँदै छ।
_x000D__x000D_
हङकङका फिल्म निर्माता युएन ऊ–पिङ पनि एक्सन फिल्म 'मास्टर जेडः दि आइपी म्यान लिगेसी'को निर्देशकको रुपमा आएका छन्।
_x000D__x000D_
_x000D__x000D_
महोत्सवको महत्वपूर्ण पाटो भनेकै यसमा विविधतापूर्ण संस्कृति र फिल्म निर्माताहरुको बाक्लो उपस्थिति हो।
_x000D__x000D_
महोत्सवमा पहिलो मलेसियाली फिल्म निर्देशक जाहिर ओमार पनि आफ्नो प्रतिभा देखाउन यहाँ आउनेछन्।
_x000D__x000D_
'बुसान फिल्म महोत्सवले हाम्रो कलालाई विश्व समुदायसम्म लैजान मद्दत गर्ने विश्वास लिएको छु,' ओमारले भनेका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।