काठमाडौं— स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रमलाई दुई साता पछाडि सारेको छ।
_x000D__x000D_
पूर्व निर्धारित समय कात्तिक २ र ३ गते दशैं परेपछि महाशाखाले मिति सारेको हो। महाशाखाका अनुसार भिटामिन ए कार्यक्रम अब कात्तिक १४ र १५ गते सञ्चालन हुने छ।
_x000D__x000D_
महाशाखाका निर्देशक डा आरपी बिच्छाले हरेक वर्षजस्तै ६ देखि ५९ महिनाका बालबालिकाकालागि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ। यसका साथै शिशु तथा बाल्यकालिन पोषण बालभिटा समुदाय प्रवद्र्धन कार्यक्रम लागू भएका जिल्लामा ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाउने कार्यक्रम समेत रहेको बताए।
_x000D__x000D_
उनले सो कार्यक्रमका लागि आवश्यक पर्ने भिटामीन ए, जुकाको औषधि र बालभिटा केन्द्रीय मेडिकल स्टोरबाट सबै क्षेत्रीय मेडिकल स्टोरमा पठाइसकेको जानकारी दिए।
_x000D__x000D_
महाशाखाले प्रादेशिक स्वास्थ्य निर्देशनाललाई सम्बन्धीत प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी गाउँपालिका र नगरपालिकामा पनि आवश्यक प्रक्रिया अगाडि बढाउन भनिसकेको छ।
_x000D__x000D_
चालू आर्थिक वर्षमा पोषणजन्य औषधि तथा उपकरणलगायतका सामग्री ढुवानीको लागि आवश्यक बजेट सम्बन्धीत प्रदेशमा पठाइएकोले उक्त सामग्रीहरुको ढुवानी पनि प्रदेशमार्फत गराउन महाशाखाले सबै प्रदेशमा पत्र पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।