काठमाडौं– आधिअवाधी महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ।
_x000D__x000D_
बुधबार भएको फाइनल भिडन्तमा चितवनले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। चितवनले पहिलो २५–२० जित्दै विजयी सुरुवात गरको थियो। दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–११ को जित निकाल्दै चितवन च्याम्पियन बन्यो।
_x000D__x000D_
दशरथ रंगशालाको कवर्डहलमा भएको प्रतियोगितामा चितवनका तीन जना अमेरिकी खेलाडी र पोखराका खेलाडी थिए।
_x000D__x000D_
न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२१ र २५–१९ ले हराउँदै तेस्रो स्थान हात पार्यो।
_x000D__x000D_
विजेता चितवनले ६ लाख, उपविजेता एपिएफले ३ लाख र तेश्रो भएको न्यू डाइमण्डले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेकी चितवनकी अरुणा शाहीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गरिन्।
_x000D__x000D_
नेपाल भलिबल संघ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो। यसअघि मङ्गलबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगेको थियो। एपिएफले न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको थियो।
_x000D__x000D_
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।