बुटवल- गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर ५ को प्रथम भेला २७ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकिएको छ।
_x000D__x000D_
घोषणापत्रमा गाउँपालिकाहरुलाई संविधान प्रदत्त अधिकारहरुको प्रभावकारी प्रयोग, संरक्षण र संवर्द्धन गर्दै थप अधिकार प्राप्त गर्न संस्थागत रुपमा सबै गाउँपालिकाहरु एकजुट भएर प्रयत्न गरिरहने प्रण गरिएको छ। अबको स्थानीय शासन सञ्चालन प्रक्रिया पारदर्शी, सुशासनयुक्त र समृद्धिको यात्रा तय गर्ने तर्फ उन्मुख हुनुपर्ने लगाएतका बुँदा पत्रमा समाबेश गरिएको छ।
_x000D__x000D_
सीमित स्रोत साधनको बाबजुद जनताका असीमित चाहना पूरा गर्नुपर्ने लगायतका बुँदा पनि घोषणापत्रमा उल्लेख छ। त्यस्तै भ्रष्टाचार अन्त्य गर्नु, प्रभावकारी सेवा प्रवाह गरी समग्रमा सुशासन दिनु अबको मुख्य चुनौती भएकाले सुशासनयुक्त सक्षम स्थानीय सरकारबाट नै भ्रष्टाचारको अन्त्य भई समृद्ध नेपालको मार्गचित्र कोर्न सक्दछ भन्ने विषयलाई पनि समावेश गरिएको छ।
_x000D__x000D_
अधिवेशनले गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधु कृष्ण पन्तको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा शारदाकुमारी विक, सचिवमा विष्णुकुमार गिरी, उपसचिवमा पिंगाकुमारी वली, कोषाध्यक्षमा कुमारी बराल चयन भएका छन्।
_x000D__x000D_
त्यस्तै सदस्यहरुमा रामप्रसाद पाण्डे, दमयन्तीसरा राना कुमाल, बालाराम बुढा, सहजराम अहिर, अयोध्याप्रसाद थारु, नुरबहादुर थापा, पारिश्वर ढकाल, राजकुमार शर्मा, तल्सीदेवी श्रेष्ठ, राजेन्द्रबहादुर राना, बुद्धिबहादुर बस्नेत, हितकुमारी बुढा, भक्तिबहादुर वली, बच्चुलाल केवट, तिलक जिसी र राधेश्याम चौधरी रहेका छन्।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।