पाेखरा- ‘पहिलो पटक पोखरामा हवाई जहाज आउँदा खिचिएको फोटो हो यो,’ भित्तामा टाँगिएको पुरानो श्यामस्वेत फोटो देखाउँदै ५० वर्षीय सुनिल उलक भन्दै थिए, ‘पोखरामा पहिले जहाज आयो अनिमात्रै बस आएको हो।’ जगन्नाथ उलक स्मृति कोषले पोखरा भैरवटोलमा मंगलबारदेखि ‘उहिलेको पोखरा फोटो ग्यालरी’ सुरु गरेको छ। सोही ग्यालरीमै भेटिएका हुन्, सुनिल। उनी जगन्नाथ उलकका कान्छा छोरा तथा स्मृति कोषका अध्यक्षसमेत हुन्।
_x000D__x000D_
दोस्रो विश्वयुद्धमा प्रयोग भएको जहाज युद्धविराम पछि तेस्रो मुलकलाई उपहार दिइएको थियो। त्यही बेला उपहारस्वरुप रोयल नेपाल एअरले एउटा जहाज पाएको थियो। ‘त्यो बेला पोखरादेखि जहाज चितवन जान्थ्यो,’ फोटोबारे स्पष्टीकरण दिँदै सुनीलले भने, ‘पहिले दुबै झ्यालतिर सिट हुन्थ्यो र बीचमा खाली ठाउँ। खाली ठाउँमा पोखरेलीले भएभरको सामान राखेर व्यापार गर्न जहाजमा चढेर चितवन जान्थे।’
_x000D__x000D_
जगन्नाथ उलकलाई पोखराका पहिलो व्यवसायिक फोटोग्राफरका रुपमा चिनिन्छ। उनले २०१३ सालमा पोखरा, भैरवटोलमा पहिलो पटक ‘नवीन फोटो स्टुडियो’ खोलेर व्यवसायिक फोटोग्राफी सुरु गरेका थिए। ‘म जन्मिएको १०/१२ वर्षमा बाबाले स्टुडियो खोल्नु भएको थियो। हातमा जहिले क्यामेरा हुन्थ्यो,’ जगन्नाथका जेठा छोरा नवीन उलक भन्छन्, ‘त्यतिबेला उहाँले फोटोसँगै पुस्तक पसल पनि खोल्नुभएको थियो।’ नवीनकै नाममा जगन्नाथले खोलेको पुस्तक पसलको नाम पनि जुराएका थिए।
_x000D__x000D_
भित्ताभरि श्यामश्वेत तस्बिर छन्, सयौंको संख्यामा। कँही पुरानो पोखराका विभिन्न ठाउँका तस्बिर छन् भने कँही विश्वास नै गर्न नसकिने खालका तस्बिर पनि छन्। ‘अहिलेको ठाउँ त्यही हो र!’, शंका लाग्छ पछिल्लो पुस्तालाई। ग्यालरीका कुनै कुनामा पोखरामा मनाइँदै आइएका लोकसंस्कृतिमा त्यो बेलाको अनुहार भेटिन्छ।
_x000D__x000D_
फोटोमा धुलाम्मे बाटोमा खेलिरहेका बच्चाहरु देखिन्छन् । कँही गुच्छा खेलिरहेका बालक भेटिन्छन् भने कँही खोप्पी (सिक्का प्वालमा खसाल्ने खेल), त कँही टायर गुडाइरहेका छन्। वर्षौं पहिलेको पोखरा अहिलको विकसित अवस्थामा आइपुग्दा महिलाले पानी ल्याउन गरेको संघर्ष छ, पनि छरिएको छ फोटोमै।
_x000D__x000D_
यी सबै तस्बिर जगन्नाथ उलकले खिचेका होइनन्। विदेशीहरू नेपाल घुम्न आएका बेला खिचेका तस्बिर पनि संकलन गरिएका छन्। २०१० सालपछिको पोखरा ग्लालरीमा भेटाउन सकिन्छ।
_x000D_‘पोखरालाई चिनाउने नै यीनै फोटो हुन्। यो हाम्रो इतिहास हो,’ जगन्नाथका कान्छा छोरा सुनिल भन्छन्, ‘समयक्रम परिवर्तन भइरहँदा पोखरा कति फेरियो भन्ने अध्येतालाई यी फोटा निकै लाभदायक बन्न सक्छन्। फोटो जीवन्त इतिहास हो।’
_x000D__x000D_
ग्यालरीमा ३ इतिहास
_x000D_ग्यालरीमा ३ प्रकारका फोटा संकलन गरी प्रदर्शनीमा राखिएका छन्। जगन्नाथ उलनले खिचेका फोटो, सन् १९६२ सालमा पहिलो पटक नेपालमा आएका अमेरिकी पिस कोर र सन् १९६८ मा जापानी वैज्ञानिकले गरेको पश्चिम नेपालको भ्रमणका बेला खिचेका फोटा पनि छन््। पोखराको विभिन्न समयक्रम परिवर्तनको ऐना बनेर उभिएका छन् ग्यालरीका फोटोहरु।
_x000D__x000D_
भैरवटोलका व्यवसायी आनन्दराज मुल्मीको घरमा खोलिएको छ, ग्यालरी। ग्यालरीका लागि २ कोठा सित्तैका उपलब्ध गराएका छन् उनले। ‘संग्रहालयभन्दा पनि हुन्छ। यी फोटोहरु सधैं यँही रहिरहने छन्। हेर्न आउने पोखराको अनुहार देख्नुहुनेछ,’ सुनिल भन्छन्। घरमा थुपारेर राखेको फोटो यसरी संग्रहालय बनाएर प्रदर्शनमा राख्ने सोच भने ८ वर्ष पहिले नै आएको थियो उनीलाई।
_x000D__x000D_
उलनका सबै छोरा फोटो संकलक
_x000D_जगन्नाथका ३ जना छोरा छन्। तीनैजना छोरा फोटोग्राफर नभएपनि फोटो संकलन गर्ने सबै छोराहरुको शौखको विषय हो। सन् १९६२ सालमा अमेरिकन नागरिकहरु पहिलोपटक नेपालमा समाज सेवा गर्न आएका बेलादेखि सन् १९६८ मा जापानी वैज्ञानिकको भ्रमण पनि ग्यालगरीले समावेश गरेको छ। ‘जापानीले खिचेको २५ हजार वटा फोटो र अमेरिकीले खिचेको ३६ सय वटा फोटो कलेक्सन हामीसँग छ,’ उलन दाजुभाइ भन्छन्।
_x000D__x000D_
_x000D__x000D_
उलन परिवारसँग अहिले पोखराका मात्रै नभएर समग्र नेपालकै इतिहास बोकेका हजारौं फोटो संग्रहित छ। ग्यालरीमा सीमित फोटो प्रदर्शनीमा राखिएको भएपनि थप्दै लगिने उनीहरु बताउँछन्।
_x000D__x000D_
फोटो संकलनमा विदेशीको सहयोग पनि उतिकै
_x000D_जिम फिल्डस्, नान्सी लेटिमर, मिमी कोलुहन, वाट्सन किट्नरलगायत फोटोग्राफरले उपलब्ध गराएका हुन् यी मध्ये धेरैजसो फोटोहारु। ‘उहाँहरुले आफ्ना पुराना फोटोमात्रै नभएर आर्थिक सहयोग समेत गर्नुभएको छ,’ नवीन उलन भन्छन्, ‘ग्यालरी करिब ५ लाख रुपैयाँ लागतमा तयार भएको हो।’
_x000D__x000D_
फोटोको महत्व बुझेनौंः उलन दाजुभाई
_x000D_पहिले काम लाग्दैन भनेर आफूसँग भएको हजारौं फोटो जले पनि होला। ‘व्यवस्थित गर्न सकिएन, हाम्रा फोटा इतिहास बन्न सक्लान् भन्ने चेतना पनि थिएन’ तितो अनुभव पोखे उलन दाजुभाइले। ‘कहिले रिलको फोटो जलाइयो। कहिले नेगेटिभ, पोजेटिभ फोटो जलाएर फालियो।’ आफूहरुले जम्मा गरेको फोटोको माग बजारमा बढिरहेका उनीहरुको अनुभव छ। यही अनुभव ग्यालरी बनाउने अमूर्त प्रेरणा चाँहि पक्कै हो। फोटो प्रदर्शन गर्न उनीहरु कहिले काठमाडौं पुग्छन् त कहिले देशका विभिन्न स्थानमा।
_x000D__x000D_
किन्न पनि पाइन्छ फोटो
_x000D_ग्यालरीमा रहेका फोटो हेर्नमात्रै नभई किन्न पनि पाइने सुविधा रहको सुनील उलनले जानकारी दिए। उनले भने, ‘ओरिजिनल फोटो हामीसँगै हुन्छ। दर्शकले कुनै फोटो लिन चाहेमा कपी गरेर फ्रेम गरेर बेच्छौं।’ फोटो न्युनतम ४ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने उनले सुनाए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।