काठमाडाैं– नेपाली कांग्रेसको प्रस्तावित विधानकाे मस्यौदा तयार भएको छ। विधान मस्यौदा समितिले मस्यौदालाई अन्तिम रुप दिएसँगै अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ।
_x000D__x000D_
विधान निर्माणका क्रममा आएका फरक मतलाई वैकल्पिक सुझावका रुपमा मस्यौदामा समावेस गरिएको छ। मस्याैदा ९७ पृष्ठ लामाे छ।
_x000D__x000D_
८५ सदस्यीय केन्द्रीय समितिलाई बढाएर प्रस्तावित मस्यौदामा १०१, १२१ वा १३१ जना रहनेगरी प्रस्ताव गरिएको छ। विकल्पका रुपमा आएको अर्को प्रस्तावमा केन्द्रीय कार्यसमिति १०३, १२३ वा १३३ प्रस्ताव गरिएको छ।
_x000D__x000D_
पदाधिकारी बढाउनका लागि आएका प्रस्तावमा संस्थापन र इतर पक्षले १० जनाको व्यवस्था गरेका छन्। पहिलो प्रस्तावमा सभापति निर्वाचित र अरु सबै मनोनीत हुने व्यवस्था गरिएको छ। उक्त प्रस्तावमा तीन उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्ष हुने व्यवस्था गरिएको छ। उक्त प्रस्तावमा मनोनीत पदाधिकारीको जानकारी सभापतिले केन्द्रीय कार्य समितिमा जानकारी गराए मात्रै अनुमोदन हुने उल्लेख छ।
_x000D__x000D_
पदाधिकारीका लागि आएको अर्को प्रस्तावमा १० जना पदाधिकारीमा अधिकांश पदाधिकारी निर्वाचित हुनुपर्ने उल्लेख गरिएको छ। तीन उपसभापतिमा दुई, महामन्त्री दुईमा एक, तीन सहमहामन्त्रीमा एक निर्वाचित हुनुुपर्ने उल्लेख छ। दोस्रो विकल्पका रुपमा पदाधिकारीसहित १३३ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ।
_x000D__x000D_
तेस्रो विकल्पका रुपमा सबै पदाधिकारी निर्वाचित हुनुपर्ने प्रस्ताव गरिएको छ। संविधानको मर्म अनुरुप समावेशी केन्द्रीय समिति बनाउनका लागि १०३ वा १२३ बनाउन विकल्प सुझाइएको छ।
_x000D__x000D_
नेपाली कांग्रेसकाे प्रस्तावित विधानकाे मस्याैदा:
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।