राजविराज– चाडपर्वका समयमा आपराधिक घटना हुन नदिन सप्तरी प्रहरीले आपराधिक प्रवृत्तिका व्यक्तिहरुमाथि निगरानी सुरु गरेको छ ।
_x000D__x000D_
चाडपर्वलाई लक्षित गरी तयार पारिएको ११ वुँदे विशेष सुरक्षा योजनाअन्तर्गत ती व्यक्तिहरुको निगरानी सुरु गरिएको डिएसपी भावेश रिमालले बताए। बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रिमालले भने, ‘पुराना अभिलेखका आधारमा त्यस्ता व्यक्तिको पहिचान र निगरानी गर्ने काम सुरु भइसकेको छ।’
_x000D__x000D_
चाडवाडको समयमा पहाडि र हिमाली जिल्लाका तुलनामा तराईका जिल्लामा विशेष सुरक्षा सतर्कता आवश्यक रहेको उनले बताए। राजमार्ग र भारतीय सिमानालाई समेत ध्यानमा राखेर दशैं, तिहार, छठ लगायतका चाडवाडका लागि सप्तरीको विशेष सुरक्षा रणनीति तयार गरिएको रिमालले बताए ।
_x000D__x000D_
बैकिङ कारोबार गर्ने स्थानहरुमा रकम लुटिने÷ठगिने घटनालाई मध्यनजर गरी त्यस्ता क्षेत्रमा विशेष निगरानी, प्रत्येक इलाका प्रहरी कार्यालयमा नागरिक÷यात्रु सहायता कक्षको स्थापना, साइकल तथा मोटरसाइकल गस्ती, ग्रामीण गस्तीको प्रभावकारी परिचालन, मन्दिर तथा शक्तिपीठहरुमा विशेष सतर्कतालगायतका विषयलाई योजनामा समेटिएको उनले जानकारी दिए।
_x000D__x000D_
जुवातास, लंगुर बुर्जा, मादक पदार्थ सेवन एवं जथाभावी बिक्रीवितरणमा कडाइ, पटकाजन्य वस्तुको बिक्रीवितरण तथा प्रयोगको रोकथाम, छठ पर्वको समयमा पोखरी तथा जलासयमा निगरानी र सुरक्षालाई सप्तरी प्रहरीले यस वर्ष अझ कडाइका साथ लागू गर्ने उनले बताए।
_x000D__x000D_
लामो दूरीका चालकलाई चिया र कफी
_x000D__x000D_
विगतका वर्षहरुको अनुभवका आधारमा यातायात क्षेत्रमा पनि विशेष कार्यक्रम गर्न लागिएको रिमालले बताए। ‘चाडपर्वको समयमा सवारी साधनको माग बढी हुन्छ। यात्रुको चापले सवारी चालकहरु धेरै समयसम्म खटिनुपर्ने अवस्था आउँछ र दुर्घटना हुने खतरा पनि बढी हुन्छ,’ उनले भने, ‘त्यसको न्यूनीकरणका लागि पनि यस वर्ष प्रहरीले योजना बनाएको छ।’
_x000D__x000D_
सम्भावित दुर्घटना न्यूनीकरण गर्न शम्भुनाथ नागरपालिकामा रात्रिकालीन चालकहरुका लागि चिया÷कफीसहितको रिफ्रेस सेन्टर सञ्चालन गरिने उनले बताए। यसैगरी, राजमार्गलाई विनाअवरोध सञ्चालन, यात्रुको गुनासो व्यवस्थापन र ट्राफिक प्रहरीको प्रभावकारी परिचालनलाई पनि उत्तिकै ध्यान दिइने रिमालले प्रष्ट्याए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।