लहान– विद्युत चोरीमा संलग्न व्यक्तिलाई प्रहरी नियन्त्रणबाट बलपूर्वक छुटाएको आरोपमा सिरहा प्रहरीले एक जनाविरुद्ध सार्वजनिक मुद्दा चलाएको छ।
_x000D__x000D_
विद्युत प्राधिकरण वितरण केन्द्र सिरहा र प्रहरी टोलीबाट बलपूर्वक अभियुक्त खोस्ने समूहको नेतृत्व गरेका चन्देश्वर यादवविरुद्ध मुद्दा चलाइएको सिरहाका डिएसपी माधवराज खरेलले बताए।
_x000D__x000D_
उनीहरु विरुद्ध सिरहा जिल्ला अदालतबाट असोज १२ गते नै म्याद थप गरी अनुसन्धान भइरहेको छ।
_x000D__x000D_
सिरहाको सीमावर्ती बरियारपट्टि गाउँपालिका १ कचनारीमा हुकिङ गरी विद्युत चोरी गरेको आरोपमा असोज ११ गते प्राधिकरण र इलाका प्रहरी कार्यालय लहानको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको थियो।
_x000D__x000D_
चन्देश्वरको नेतृत्वमा भेला भएका गाउँलेले प्रहरीको गाडीबाट बलपूर्वक तीन जनालाई छुटाएर लिएर गएका थिए।
_x000D__x000D_
सोही प्रकरणमा प्रहरीले चन्देश्वरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
यादव सहितको समूहले विद्युत चोरी गर्ने व्यक्तिलाई बलपूर्वक छुटाउनुका साथै विद्युत प्राधिकरणका कर्मचारीलाई दुर्व्यवहार पनि गरेको खरेलले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।