काठमाडौं– नेपाली सेनालाई पछिल्ला दिनहरुका राज्यको सुरक्षा निकायभन्दा व्यापारी हुँदै गएको अरोप लाग्दैअएको छ। पेट्रोल पम्पदेखि विकास निर्माणका ठूला योजना र व्यापारिक कम्प्लेक्स सेनाले निर्माण गर्न थालेपछि सैनिक व्यापारीकरणतर्फ अघि बढेको भन्दै अलोचना भइरहेको समयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले प्रधानसेनापतिलाई यही प्रश्न सोधेका छन्।
_x000D__x000D_
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रक्षा मन्त्रालयको ब्रिफिङ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत समक्ष सांसदहरूले यही प्रश्न उठाएका हुन्।
_x000D__x000D_
समितिमा अधिकांश सांसदहरुले सेनालाई पछिल्लो वर्षमा किन ठूलाठूला अयोजना निर्माणमा हात हाल्न आवश्यक परेको हो?, फाष्टट्रायक र अन्य सडक निर्माणको योजनामा सेनाभित्र ठूलो भ्रष्टाचार भएको तर त्यसको छानविन नभएको भनी प्रश्न सोधेका थिए।
_x000D__x000D_
सेनाले पेट्रोल पम्प, सपिङ मल र अस्पताल समेत सञ्चालन गर्दै आएको र छिट्टै मेडिकल कलेज र औषधि उत्पादनमा समेत हात हाल्न लागेको र उक्त कार्य सेवा नभई नाफामूलक हो कि होइन भनी सांसदहरुले प्रश्न सोधेका थिए। देशको सीमा सुरक्षा र शान्ति सुरक्षाका लागि गठनको भएको सेनाले यस्तो व्यापार र नाफामा हात हाल्न हुने कि नहुने र आगामी दिनमा यो बढ्छ कि घट्छ भनी प्रश्न सोधेका थिए।
_x000D__x000D_
संसदीय समितिमा नेपाली सेनाले गरेका पूर्वाधार निर्माणलगायत काम अपारदर्शी रहेको र अनियमितता हुने गरेको भन्दै प्रश्न सांसदले सोधेका थिए।
_x000D__x000D_
सांसदहरुको प्रश्नपछि उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सेनाका कामको बचाउ गरेको एक सांसदले बताए।
_x000D__x000D_
अन्य कम्पनीले काम नगरेको अवस्थामा मात्र सेनालाई दिएको भन्दै पोखरेलले भ्रष्टाचार भएको पाइएमा कारबाही हुने बताए।
_x000D__x000D_
‘सेनाले फास्ट ट्रयाक र अन्य सडक निर्माणको जिम्मा लिए पनि अरूलाई नाफा खाएर ठेक्का दिने गरेको, अस्पताल भवन भाडामा दिएको, पेट्रोल पम्पसम्म सञ्चालन गरेको विषय सांसदले उठाए तर भरपर्दो जवाफ आएन’ ती सांसदले भने, ‘सेना व्यापारी कि सुरक्षा संयन्त्र हो भन्ने प्रश्न उठ्दा समेत मन्त्रीले बचाउ नै गरे।’ सांसदहरूले सेनाको कल्याणकारी कोषको पारदर्शितामाथि समेत प्रश्न गरेका थिए।
_x000D__x000D_
मन्त्रीले यस्तो कुनै कार्य सेनाभित्र आफूले नपाएको बताए। प्रधान सेनापति अधिकारीले सेना अब विगतको भन्दा झन पारदर्शी हुने बताए। विगतका बारेमा आफू जिम्मेवारीमा नरहेको तर अबका दिनका काममा पारदर्शी हुने उनले बताए।
_x000D__x000D_
सेनाले ठेक्का मागेर नभई सरकारले निर्णय गरेर दिएका कारण काम गरेको भन्दै व्यवसायिकतामा शंका गर्न नहुने बताए। छलफलमा समितिका सभापति शशी श्रेष्ठले पत्रकारलाई प्रवेशमा रोक लगाएकी थिइन्। उनले सेनाको आर्थिक कारोबारसम्बन्धी जानकारी बाहिर आउने भएकाले पत्रकारलाई रोक लगाइएकी हुन्।
_x000D__x000D_
सभापति श्रेष्ठले सुरक्षा संवेदनशीलता ध्यानमा राखेर सञ्चारकर्मीलाई प्रवेश नदिइएको बताइन्। संघीय मामिलाको बैठक सकिएलगत्तै रक्षाको ‘ब्रिफिङ’ भएको थियो। कांग्रेस सांसद देवेन्द्रराज कँडेलले रक्षाको ब्रिफिङमा सेना पारदर्शी हुनुपर्ने विषयमा छलफल भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।