काठमाडौं- युरोपियन च्याम्पियन्स लिगमा मंगलबार राति भएका खेलमा ३ ठूला क्लब स्तब्ध बनेका थिए।
_x000D__x000D_
साविक विजेता रियल म्याड्रिड पराजित भएको छ। समूह 'जी' को खेलमा स्पेनिस महारथी रियललाई रसियन क्लब सिएसकेए मस्कोले १-० गोलले पराजित गरेको छ। मस्कोका लागि भ्लासिकले दोस्रो मिनेटमै गोल गरेका थिए। त्यसपछि रियलले गोल गर्न गरेको सबै प्रयास असफल भए।
_x000D__x000D_
_x000D__x000D_
यता इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। समूह 'एच' को म्यानचेस्टरलाई स्पेनिस क्लब भ्यालेन्सियाले गोलरहित बराबरीमा रोकेको हो।
_x000D__x000D_
जर्मन च्याम्पियन वायर्न म्युनिख पनि मंगलबार राति जितबिहीन बन्यो। वायर्नलाई अजाक्सले १-१ गोलको बराबरीमा रोकेको हो। वायर्नका लागि मार्ट हुमेल्सले चौथो मिनेटमा गोल गरेका थिए। तर २२ मिनेटमा मजारउरीले अजाक्सका लागि बराबरी गोल फर्काउन सफल भए।
_x000D__x000D_
समूह 'एफ' को खेलमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले जित निकाल्न सफल भयो। सिटीले होफेनहोमलाई २-१ गोलले पराजित गरेको हो। सिटीको जितमा अग्युरोले सातौं र डेभिड सिल्भाले ८७ मिनेटमा गोल गरे। त्यसअघि खेलको पहिलो मिनेटमै बेफोर्डिलले गोल गरेर होफेनहोमलाई अग्रता दिलाएका थिए। सिटी पहिलो खेलमा लियोनसँग पराजित भएको थियो। यता यहि समूहको खेलमा लियोन र शख्तर डोटेक्सले २-२ को बराबरी खेलेका छन्।
_x000D__x000D_
समूह 'एच' को खेलमा इटालियन च्याम्पियन युभेन्ट्सले पाब्लो डिबालाको ह्याट्रिकमा योङ ब्वाइजलाई ३-० ले पराजित गरेको छ। डिबालाले खेलको पाँचौ, ३३ र ६९ मिनेटमा गोल गरे। यसअघि पहिलो खेलमा युभेन्ट्सले भ्यालेन्सियालाई हराएको थियो। उक्त खेलमा रातो कार्ड पाएका रोनाल्डोले योङ ब्वाइजविरुद्ध खेल्न पाएनन्। अब म्यानचेस्टर युनाइटेडविरुद्ध भने उनले खेल्न पाउनेछन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।