गोरखा– गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यही असोज २८ गते हुने भएको छ। लिगलिग कोट विकास अभियानले आज गोरखामा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता आगामी असोज २८ गते गर्ने जानकारी दिइएको हो।
_x000D__x000D_
गोरखाको चेपेघाटबाट सुरु हुने दौड लिगलिगकोट दरबारमा आएर टुङ्गिनेछ। दौड १३ दशमलब ८ किलोमीटरको हुनेछ। प्रतियोगिताको विजेतालाई ६० हजार १ सय रुपैयाँसहित लिगलिगेको राजा घोषित गरिने अभियानका महासचिव सन्तोष देवकोटाले बताए।
_x000D__x000D_
यस्तै विजेतालाई श्रीपेच, पगरी, ट्रफी प्रदान गर्नुका साथै एक रात राजाका रुपमा राखिने आयोजकले जनाएको छ। राजालाई मोटरमा राखेर नगर परिक्रमा गरिने उनले जानकारी दिए।
_x000D__x000D_
प्रतियोगितामा दोस्रो हुनेले ३५ हजार १ सय, तेस्रो हुनेले २५ हजार १ सय, चौथो हुनेले १२ हजार १ सय र पाँचौँ हुनेले ७ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन्।
_x000D__x000D_
लिगलिगे दौडअन्तर्गत नै ५ किलोमिटरको समावेसी महिलातर्फको विजेताले २० हजार पाँच, दोस्रोले १२ हजार पाँच र तेस्रो हुनेले ७ हजार पाँच रुपैयाँ पुरस्कार पाउनेछन्।
_x000D__x000D_
वि.सं. १९१६ मा द्रव्य शाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो आठ वर्षयता हुँदै आएको छ। प्रतियोगिताका लागि आउने खेलाडीका लागि खाने–बस्ने व्यवस्था आयोजकले नै गर्नेछन्। यस्तै खेलाडीका लागि ७ लाखको बीमासमेत गरिएको आयोजकले जनाएको छ।
_x000D__x000D_
नेपाल एकीकरण अघिको बाइसे–चौबिसे साना राज्यमध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो। पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिग कोट भ्रमणका लागि आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए।
_x000D__x000D_
वि.सं. १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुनः निरन्तरता दिन थालिएको हो। राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको इतिहास छ।
_x000D__x000D_
पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।