नेपालगन्ज- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका दुई सरकारी कार्यालयको विवाद अदालतसम्म पुगेको छ। नेपाल वायुसेवा निगम, नेपालगन्ज र नेपाल नागरिक उड्डययन कार्यालय, नेपालगन्जको मुद्दा जिल्ला अदालत बाँकेमा दर्ता भएको हो। उड्ययन कार्यालय बाँकेका निर्देशक प्रतावबाबु तिवारी विरुद्ध निगमका बाँके प्रमुख मुक्तिराम पाण्डेले जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। नेपालगन्ज विमानस्थलस्थित निगमको भवन भत्काउन आदेश दिएको भन्दै निगमका प्रमुख मुक्तिराम पाण्डेले मुद्दा दायर गरेका हुन्।
_x000D__x000D_
निर्देशक तिवारीले गत असार १९ गते राति नेपालगन्ज विमानस्थल पसिरसरमा रहेको निगमको इन्जिनियरिङ युनिटको भवन डोजर लगाएर भत्काउन आदेश दिएका थिए।
_x000D__x000D_
२०३५ सालमा निर्मित उक्त भवन भत्काइदिएर निगमलाई हानी–नोक्सानी पुर्याएकाले क्षतिपूर्तिको माग गर्दै निर्देशक तिवारीमाथि लुटपाट मुद्दा दायर गरिएको निगमका नेपालगन्ज प्रमुख मुक्ति पाण्डेले बताए। ‘निगमको सम्पत्तिमा हानी पुर्याएकाले मुद्दा दायर गरिएको हो’ उनले भने।
_x000D__x000D_
नेपालगन्ज विमानस्थल परिसरमा ३ कठ्ठा ३ धुरमा क्षेत्रफलमा निगमले भोगचलन गर्दै आएको इन्जिनियरिङ भवन हटाउन पटक–पटक आग्रह गर्दा पनि निगमले नहटाएकाले डोजर लगाएर भत्काइएको उड्ययन कार्यालयले जानकारी दिएको छ।
_x000D__x000D_
पाण्डेले पत्रकार सम्मेलन आयोजना गरी निर्देशक तिवारी विरुद्ध कारबाहीको माग गर्दै मुद्दा दायर गरेको बताए। निगमको २४ लाख ४१ हजार ४ सय ७६ रुपैयाँ नोक्सान भएकाले सो रकम क्षतिपूर्ति दाबी गर्दै निगमका प्रमख पान्डेले मुद्दा दायर गरेका हुन्। तिवारीले कानुन हातमा लिएर डोजर लगाई भवन भत्काएको प्रमुख पान्डेले आरोप लगाए।
_x000D__x000D_
विमानस्थल स्तरोन्नति गरी यात्रु कक्ष र चमेना गृह निर्माणका लागि निगमको भवन भत्काइएको उड्ययनको दाबी छ।
_x000D__x000D_
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।