काठमाडौँ– भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।
_x000D__x000D_
मंगलबार भएको समूह विजेताको लागि भएको भिडन्तमा नेपाललाई बंगलादेशले २–१ गोलले पराजित गरेको हो।
_x000D__x000D_
बंगलादेशका लागि मोसमत सोप्नाले १६ र सिमोती सरकारले ३२ मिनेटमा गोल गरे। नेपालका लागि रश्मीकुमार सिसिङले खेलको अन्तिम मिनेटमा गोल गरेपनि नेपाललाई खेलमा फर्कन ढिला भइसकेको थियो।
_x000D__x000D_
अब नेपालले सेमिफाइनलमा शुक्रबार भारतसँग खेल्नेछ। बंगलादेशले भने आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
_x000D__x000D_
दुवै टिम सेमिफाइनलमा पुगिसकेकाले विजयी हुने टिम समूह विजेता र पराजित हुने टिम समूह उपविजेताका बनेका हुन्। पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो। खेलमा नेपाली स्ट्राइकर रेखा पौडेल एक्लैले सात गोल गरेकी थिइन्। त्यस्तै बङ्गालदेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।
_x000D__x000D_
भिडियो :
_x000D__x000D_
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।