काठमाडौं–बंगबन्धु गोल्डकपको डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो खेलमै पराजित भएको छ। मंगलबार बंगलादेशको सिल्हेट सहरको सिल्हेट ड्रिस्टिक रंगशालामा भएको समूह ‘ए’ को खेलमा नेपाललाई ताजकिस्तानले २–० गोलले पराजित गरेको हो।
_x000D__x000D_
प्रतियोगितामा खराब सुरुवात गरेको नेपालले पहिलो गोल पेनाल्टीबाट खाएको थियो। खेलको २७ मिनेटमा नेपालका डिफेन्डर अनन्त तामाङले ताजकिस्तानका डिफेन्डरलाई डिबक्स भित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरे। पेनाल्टीमा फाक्सुलोइभले गोल गर्न सफल भए।
_x000D__x000D_
पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि फितलो खेल पस्कियो। फलस्वरुप ६९ मिनेटमा कोमनोभ तुर्सुनोभले ताजकिस्तानका लागि दोस्रो गोल गरेका थिए। उनलाई गोल गर्न पहिलो गोल ग रेका फाक्सुलोइभले पास उपलब्ध गराएका थिए।
_x000D__x000D_
अब नेपालले शनिबार प्यालेस्टाइनविरुद्ध दोस्रो खेल खेल्दैछ। फिफा वरीयतामा नेपाल भन्दा ६० स्थान माथि रहेको प्यालेस्टाइनलाई प्रतियोगिताकै बलियो टिम मानिएको छ।
_x000D__x000D_
नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन्। समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै लाओस र फिलिपिन्स छन्।
_x000D__x000D_
दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।
_x000D__x000D_
सेमिफाइनलमा स्थान पक्का गर्न अब नेपालले शनिबार प्यालेस्टाइनलाई हराउनै पर्ने भएको छ।
_x000D__x000D_
भिडियोमा हेर्नुहोस् पूरा खेल
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।