राजविराज– प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले अव्यवहारिक र विभेदकारी शिक्षा नीतिका कारण मधेश हरेक क्षेत्रमा पछि परेको बताएका छन्।
_x000D__x000D_
मुलुकको विकासका लागि रोजगारमुलक र व्यवहारिक शिक्षाको आवश्यकता रहेको बताउँदै साहले भने, ‘देशको शिक्षा नीति अत्यन्तै अव्यवहारिक छ। जतिनै पढेपनि त्यसका भरमा रोजगारी गरौंला भन्ने आशा छैन।’
_x000D__x000D_
समाजवादी विधार्थी फोरम सप्तरीको अधिवेसन उद्घाटन गर्न सप्तरी आएका मन्त्री साहले वर्तमान शिक्षाले हरेकको हातमा प्रमाणपत्र भएपनि त्यसले मुलुकको विकास हुन नसक्ने दाबी गरे।
_x000D__x000D_
मुलुकको विकासमा शिक्षा नीति नै बाधक भएको उनको तर्क छ। सिप र प्रविधिका क्षेत्रमा शिक्षाले योगदान गर्न नसकेको साहले बताए। समग्र देशको विकास तथा हरेक युवालाई स्वरोजगार बनाउन शिक्षा नीतिमा आमूल परिवर्तन गरी कृषि र जडिबुटिमा आधारित पाठ्यक्रम लागू गर्नुपर्ने उनको भनाइ छ।
_x000D__x000D_
प्रदेश सरकार रोजगारमा आधारित शिक्षा नीति लागू गर्ने दिशामा अघि बढिरहेको बताएका साहले शिक्षा, स्वास्थ्यमा पहुँच र रोगजारीका अवसर सिर्जना गर्न प्रदेश सरकारले कुनै कुरामा सम्झौता नगर्ने प्रष्ट पारे।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।