काठमाडौं- निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा कोरियन कम्पनी सुसङ इन्जिनियरिङलाई दिइएको छ।
_x000D__x000D_
मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच फाष्ट ट्रयाक आयोजना प्रमुख प्रा. उपरथी योगेन्द्र बहादुर खाँण र सुसङ इन्जिनियरिङ कम्पनी लिमिटेडका अध्यक्ष केयुन ह्वाङले डिपिआर बनाउने सम्झौतामा हस्ताक्षर गरे।
_x000D__x000D_
मूल्य अभिवृद्धि कर (भ्याट) सहित १० करोड १२ लाख ७८ हजार रुपैयाँको लागतमा डिपिआर बनाउने सम्झौता भएको हो। आगामी ४ कात्तिकबाट काम सुरु गरेर एक सय ५ दिनमा डिपिआर तयार गर्ने सम्झौता दुई पक्षबीच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।