काठमाडौं– आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चितवन टाइगर्स र एपिएफबीच प्रतिस्पर्धा हुने भएको छ।
_x000D__x000D_
दशरथ रंगशालाको कवर्डहलमा मंगलबार भएको सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लबलाई तथा एपिएफले न्यू डायमण्ड क्लबलाई पराजित गरे।
_x000D__x000D_
चितवनले नेपाल पुलिस क्लबको चुनौती ३–० को सोझो सेटमा पन्छायो। पहिलो र दोस्रो सेटमा २५–११ र २५–१४ को पराजय भोगेको पुलिसले तेस्रो सेटमा भने चितवनलाई कडा टक्कर दिएको थियो। प्रतिस्पर्धात्मक तेस्रो सेटमा पुलिसले १९–१५ को अग्रता लिएको थियो। तर चितवनले उत्कृष्ट पुनरागमन गर्दै २४–१९ को स्थितिमा खेल उल्टायो। त्यसपछि पुलिसले पुनः सेट पोइन्ट २३ सम्म पुर्याएपनि खेल २५–२३ ले गुमाउन पुग्यो।
_x000D__x000D_
अर्को सेमिफाइनलमा एपिएफले न्यू डायमण्डलाई ३–० सेटमा हरायो। पहिलो सेटमा २५–२२ को जित निकालेको एपिएफले दोस्रो सेट २६–२४ ले जित्यो। तेस्रो सेटमा २५–२३ को जित निकाल्दै एपिएफले चितवनसँगको भिडन्त पक्का बनायो।
_x000D__x000D_
प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताल ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।