काठमाडौं– एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले रोमाञ्चक जित हात पारेको छ।
_x000D__x000D_
मंगलबार बंगलादेशको साभरमा समूह 'ए' को खेलमा नेपलाले यूएईलाई ३ विकेटले हराएको हो।
_x000D__x000D_
यूएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले ५ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा रासिद खानले नटआउट २७ रन जोडे। उनले १४ बलमा ३ छक्का प्रहार गर्दा नेपालको जित सहज बनेको थियो। त्यसअघि रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। उनले ८८ बलमा ९२ रनको योगदान दिए। उनले ६ चौका र ३ छक्का प्रहार गरे।
_x000D__x000D_
सन्दीप जोराले बनाएको ६७ रन पनि नेपालको जितको आधार बन्यो। उनले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। नेपालका लागि कप्तान आसिफ शेखले ३५ रन र रित गौतमले १८ रन जोडे।
_x000D__x000D_
बलिङमा यूएईका आरोन बेन्जामिन र आर्यन लक्राले २–२ विकेट लिए।
_x000D__x000D_
त्यसअघि यूएईले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय ६८ रन बटुले। यूएईका लागि ओपनर फहाद नवाजले ८३ रन जोडे। उनका ओपनिङ जोडी अंश टन्डनले ६७ रनको योगदान दिएका थिए। अन्य ब्याट्सम्यानले २० भन्दा कमको स्कोरमा आउट भएका थिए।
_x000D__x000D_
बलिङमा नेपालका नन्दन यादव, रासिद खान र पवन सराफले २–२ विकेट लिए।
_x000D__x000D_
नेपाल र यूएई दुवै समूह चरणबाटै बाहिरिसकेका टिम हुन्। यसअघि नेपाल समूहको पहिलो खेलमा भारत र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।