काठमाडौं– झन्डै ३ क्विन्टल गाँजासहित मकवानपुरबाट एक ट्यांकर चालक पक्राउ परेका छन्। मंगलबार प्रहरीको नियमित चेकजाँचका क्रममा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको गाँजा बरामद गरिएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी विश्वराज पोखरेलले बताए।
_x000D__x000D_
ना४ख ३९६९ नम्बरको खाली ट्यांकरमा पोका बनाई राखिएको अवस्थामा गाँजा भेटिएको थियो।
_x000D__x000D_
लागू औषध गाँजा भारततर्फ सप्लाई हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको प्रहरी टोली मकवानपुर गएको थियो।
_x000D__x000D_
टोलीले रातभर निगरानी गरेर अनुसन्धान गरेको थियो। मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा मध्यराति ट्यांकरमा गाँजा लोड गरिएको थियो।
_x000D__x000D_
ट्यांकरका ५ वटा डब्बामध्ये २ वटामा गाँजा भरिएको प्रहरीले जनाएको छ। रमनटारबाट मनहरी हुँदै रक्सौल भारत पास गर्न लागिएको गाँजा प्रहरीले मनहरी नजिकै बरामद गरेको एसएसपी पोखरेलले जानकारी दिए।
_x000D__x000D_
प्रहरीले ट्यांकरको २ वटा डब्बाबाट २२ वटा पोकामा राखिएको गाँजा (चिप्पड) बरामद गरेका हो। पक्राउ परेका ३८ वर्षीय चालक ठकुरीको घर बाराको सिमरा उपमहानगरपालिका–२२ अमलेगञ्ज हो।
_x000D__x000D_
उनले यसभन्दा अघि पनि यसैगरी ट्यांकरमा गाँजा हालेर भारत सप्लाई गर्ने गरेको प्रहरी अनुसनधानबाट खुलेको छ।
_x000D__x000D_
उनले गाँजा सप्लाई गरेबापत प्रति ट्याकर ४० हजार रुपैयाँ लिँदै आएको पाइएको छ। बरामद गाँजाको मूल्य ४५ लाख बराबर रहेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर राखेर अनुसनधान सुरु गरिएको छ।
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।