एजेन्सी– बलिउड अभिनेत्री कंगना रौनत अभिनित फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा कंगनाको दमदार एक्सन अभिनय देख्न सकिन्छ।
_x000D__x000D_
अभिनेता अमिताभ बच्चनको ‘व्याग्राउन्ड अडियो’बाट सुरु भएको २ मिनेट लामो टिजरमा देखिएको कंगनाको अभिनयको चौतर्फी तारिफ सुरु भएको छ। अन्तर्राष्ट्रिय समाचार अनुसार कंगनाले फिल्म 'मणिकर्णिका'का लागि गहन लगाव र लामो समय खर्चिएकी थिइन्।
_x000D__x000D_
फिल्म छायांकनका क्रममा धेरै विवाद आए पनि सार्वजनिक टिजरले भने पुराना विवादलाई भुलाएको छ। फिल्म ‘मणिकर्णिका’ छायांकनका समय कंगनासँगको विवादले निर्देशक कृष जगारला र अभिनेता सोनु सूदले फिल्म सेटनै त्यागेका थिए। त्यसपछि भने फिल्म निर्देशनको पूर्ण जिम्मेवारी कंगना आफैंले लिएकी थिइन्।
_x000D__x000D_
फिल्म आउँदो जनवरी २५ बाट प्रदर्शनमा आउने छ।
_x000D__x000D_
फिल्मकाे टिजर:
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।