ad

किन दुख्छ ढाड, के हुनसक्छ समाधान ?

डा गाैरव ढकाल

Nepal Live

मेरुदण्डको दुखाइ धेरैको समस्या हो । स्पाइनमा ‘भर्टिब्रा’ भनिने हड्डीहरुको समूह हुन्छ । मेरुदण्डमा नसा हुन्छ, जसलाई ‘स्पाइनल कर्ड’ भनेर चिनिन्छ । मेरुदण्डबाट पनि हा“गाहरु फैलिएका हुन्छन् । हात चलाउने नसा र खुट्टा चलाउने नसा अलगअलग हुन्छन् । गर्धनको नसाले हात चलाउने काम गर्छ भने कम्मरको नसाले खुट्टा चलाउन मद्दत गर्छ।

ढाडसम्बन्धी समस्या के के छन् ?
बालबालिकादेखि युवा हु“दै वृद्धावस्थासम्म पुग्दा मेरुदण्डका अनेक समस्या देखिन सक्छन् । बच्चाहरुमा ढाड बाङ्गिने समस्या देखिन्छ, जसलाई ‘स्कुलियोसिस, काइफोसिल कुलियोसिस’ भनिन्छ । यसले मेरुदण्ड नै कुप्रिने वा बाङ्गिने हुन्छ । कि त बच्चा जन्मिँदै यस्तो समस्या देखा पर्छ, कि १० वर्ष माथि लागेपछि ढाड बाङ्गिने क्रम बढ्दै जान्छ । यस्तो समस्याको पहिचानका लागि अविभावकको भूमिका महत्वपूर्ण हुन्छ।

अभिभावकहरु ढाड कुप्रिएको थाहा पाएपछि ‘मेरो बच्चामा यस्तो समस्या देखियो’ भन्दै चिकित्सकहरुस“ग परामर्शका लागि आउने गर्छन् । एउटा कुम तल र अर्को माथि हुने, हिँड्दा बाङ्गिएको देखिने यस रोगका लक्षण हुन् । अभिभावकले सुरुमै यो समस्या पहिचान गरे भने उपचार पनि सहज हुन्छ । जति उमेर बढ्दै गयो, उपचार पनि जटिल र खर्चिलो हुँदै जान्छ।

कम्मरको दुखाइ, साझा समस्या   

गर्धन र कम्मर दुख्ने आम नेपालीको मेरुदण्डसम्बन्धी साझा समस्या हो । मेरुदण्डका करिव ७० प्रतिशत समस्या यस्तैमा पर्छन् । महिलाहरु यो समस्यामा ज्यादा प्रताडित हुन्छन् । महिलाहरुको शारीरिक संरचना नै यस्तो हुन्छ कि उनीहरु कम्मर र गर्धनमा ज्यादा असर पर्छ।
 
लामो समय उभिएर काम गर्ने सुरक्षा निकायका जनशक्ति, शिक्षकहरु, मिडियामा काम गर्ने र लामो समय उभिएर अप्रेसन गर्नुपर्ने शल्यचिकित्सकहरु नै यस्तो समस्याको मारमा परेको भेटिन्छ। एकै खाले काम गर्ने किसानलगायत कारखानामा काम गर्ने कामदार पनि मेरुदण्डको समस्याबाट प्रताडित हुन्छन् । मेरुदण्डमा समस्या भएमा पूरै ‘स्पाइनल कोलम’ नै दुख्ने हुन्छ, जसलाई चिकित्सकीय भाषामा नेक पेन र ब्याक पेन भनी चिन्ने गरिन्छ।

४५–५० वर्ष र त्यसभन्दा माथि पुगेका प्रौढहरुमा देखिने ‘हाइपोट्रोफी’ रोग लागेपछि हाड र मासु बढ्छ अनि मेरुदण्डमा परिवर्तन देखा पर्छन् । मासु बढ्ने क्रममा नसा च्यापिन थालेपछि दुइटै खुट्टा लाटो हुने, झमझमाउने, हिँड्न गाह्रो हुने, हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या देखा पर्ने हुन्छ ।

बुढ्यौलीमा नसा च्यापिने

नसा च्यापिने परिस्थिति मेरुदण्डको अर्को रोग हो । मेरुदण्डको कुनै भागमा नसा च्यापिएमा हातखुट्टा दुख्ने र झमझमाउने, हिँड्न गाह्रो हुने, कमजोर महसुस हुने लक्षण देखा पर्छ। बुढ्यौलीको सुरुवात भएपछि मेरुदण्डमा मासु बढ्ने रोग देखा पर्छ ।

४५–५० वर्ष र त्यसभन्दा माथि पुगेका प्रौढहरुमा देखिने ‘हाइपोट्रोफी’ रोग लागेपछि हाड र मासु बढ्छ अनि मेरुदण्डमा परिवर्तन देखा पर्छन् । मासु बढ्ने क्रममा नसा च्यापिन थालेपछि दुइटै खुट्टा लाटो हुने, झमझमाउने, हिँड्न गाह्रो हुने, हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या देखा पर्ने हुन्छ । यी समग्र समस्यालाई हामीले ‘स्पाइनल स्टेनोसिस’ भन्छौँ।

क्यान्सरको डर
स्पाइन क्यान्सर पनि निकै डरलाग्दो रोग हो । ५५ देखि ६० को उमेर समूहका लागि क्यान्सरको सम्भावना ज्यादा हुन्छ । मेरुदण्ड क्यान्सरले असह्य दुखाइ बढाउँछ । रोगको पहिचानका लागि एमआरआई, सिटिस्क्यान जस्ता विधि अपनाउनुपर्छ, जुन निकै महँगो पर्छ । ८० प्रतिशत जति बिरामीलाई एमआरआई सिटिस्क्यान, एक्सरे गरेर रोग पहिचान गर्नुपर्छ ।

 एउटै एमआरआईका लागि १५/२० हजार रुपियाँ लाग्ने भएकाले यो रोग पहिचानको महँगो विधि हो । त्यसैले मेरुदण्डको उपचार खर्चिलो हो, त्यति हुँदाहुँदै पनि आम तहमा यो समस्या ज्यादा छ । नेपालमा हरेक चार जनामा तीन जनालाई यो समस्या देखा पर्छ । ८० प्रतिशत जनसंख्याले वर्षको एकपटक कम्मर या गर्धनको समस्या बेहोरेकै हुन्छ।

 मेरुदण्ड रोगको उपचारका लागि स्पाइन सर्जरी आफैँमा महँगो पद्धति हो । यसमा धेरैको पहुँचमा हुँदैन । कुनै पनि मानिसको मेरुदण्ड बाङ्गो भयो, उपचार गर्नुप¥यो भने १४ देखि २० वटा स्क्रु लाग्छ । एउटाको ६ देखि १५ हजार रुपियाँसम्म पर्छ । जसले गर्दा तीन÷चार लाख रुपियाँ समग्र उपचार खर्च जुटाउन नसक्नेहरु कैयौँ छन्।

    ५५ देखि ६० को उमेर समूहका लागि क्यान्सरको सम्भावना ज्यादा हुन्छ । मेरुदण्ड क्यान्सरले असह्य दुखाइ बढाउँछ । रोगको पहिचानका लागि एमआरआई, सिटिस्क्यान जस्ता विधि अपनाउनुपर्छ, जुन निकै महँगो पर्छ । ८० प्रतिशत जति बिरामीलाई एमआरआई सिटिस्क्यान, एक्सरे गरेर रोग पहिचान गर्नुपर्छ।

दुर्घटनाको जोखिम

ट्रमा र त्यसबाट हुने स्पाइन इन्जुरीले पनि समस्या निम्त्याउँछ । विभिन्न दुर्घटनाजन्य कारणले हाम्रोजस्तो मुलुकमा स्पाइन इन्जुरीको समस्या विकराल छ । अहिलेको यो इन्धन संकटमा असुरक्षित यात्राका दुर्घटनाको जोखिम बढेको छ ।

दुर्घटनामा पर्नेहरुको हेड ट्रमा, स्पाइन इन्जुरी र अर्थोपेडिक इन्जुरी हुन्छ । यो सबै समस्या हुने सर्वसाधारणलाई नै हो । किनकि सम्पन्नहरु आफ्नै गाडीमा चढिहाल्छन् । उनीहरुको यात्रा जोखिमपूर्ण पनि हुँदैन । समस्यै भए पनि आर्थिक कठिनाइ व्यहोर्नु पर्दैन । स्पाइनसम्बन्धी रोगको उपचार आम सर्वसाधारणसम्म कसरी पु¥याउने, त्यो निकै चुनौतीपूर्ण हो । हामी स्पाइन सर्जन मिलेर यसलाई सुलभ र सस्तो बनाउनु जरुरी छ।

जीवनशैली
ढाडसम्बन्धी रोगको प्रमुख कारणमध्ये जीवनशैली पनि एक हो । आफ्नो दैनिकीमा ध्यान नपु¥याउँदा कतिपयले ढाड र कम्मर दुखाइको पीडा सहनुपरेको हुन्छ । बिहान हामी उठ्छौँ, मोटरसाइकल वा गाडी चढेर अफिस जान्छौँ । १० देखि १५ घन्टासम्म हामी बसेर नै काम गरिरहेका हुन्छौँ । यसका कारण ढाडमा निकै दबाब हुन्छ । ढाडको ‘पोस्चर’ नमिल्दा पछि गएर दुखाइ हुन्छ।

 करिब ८५ देखि ९० प्रतिशत बिरामी जीवनशैली र बसाइका कारण समस्यामा पर्छन् । मैले हेर्ने मुख्य बिरामीमा बैंकरहरु ज्यादा छन् । विहानदेखि बेलुकीसम्म उनीहरु एउटै पोजिसनमा काम गरिरहेका हुन्छन् । त्यसैले उनीहरु ढाडसम्बन्धी साझा समस्याबाट पीडित छन् ।

अफिस वा अन्यत्र हिँड्दा लिफ्ट नलिएर भ¥याङ चढ्नु राम्रो हो । कुर्सीको पोजिसन पनि मिलेको हुनुपर्छ । भन्नाले ढाड ९० डिग्रीमा राखेर काम गर्नु राम्रो हो । कुप्रिएर काम गर्नु हुँदैन । पछाडि ढल्किएर पनि काम गर्नु हुँदैन । कम्प्युटर र आँखाको सतह बराबर हुनुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जिउ तन्काउनु राम्रो हो ।

कसरत आवश्यक

स्वस्थ जीवनशैली र  पोषणयुक्त सन्तुलित खाना नै अहिलेको आवश्यकता हो । धूमपान र मदिरामा लाग्नु हुँदैन । चुरोटले मेरुदण्डमा नराम्रो असर गर्छ । अर्को समस्या आरामदायी जीवनशैली र दैनिकी पनि हो ।

सहरिया जागिरेहरुले शारीरिक अभ्यास गरेको पटक्कै देखिँदैन । हामी शरीरका लागि एक घन्टा त के, १० मिनेट पनि दिन चाहँदैनौँ । विकसित मुलुकमा डाक्टरदेखि नर्सले दिनको एक घन्टा जिम गर्छन् । दिउँसोको एक, दुई बजे पनि दौडिएका हुन्छन्।

फुर्सद भयो कि दौडिने संस्कार हुन्छ । उनीहरुमा ‘पहिले स्वास्थ्य अनि धन’ भन्ने मानसिकता छ । हामीकहाँ अर्कै पाटो छ । त्यसैले कम्तीमा पनि एक घन्टा शारीरिक परिश्रम गर्नु राम्रो हो।

स्पाइनका रोगहरुको उपचारमा जति ढिलाइ हुन्छ, त्यति नै बढी समस्या र कठिनाइ हुन्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्नु र समस्या देखिनासाथ चिकित्सककहाँ पुग्नु उत्तम हो।

अफिस वा अन्यत्र हिँड्दा लिफ्ट नलिएर भ¥याङ चढ्नु राम्रो हो । कुर्सीको पोजिसन पनि मिलेको हुनुपर्छ । भन्नाले ढाड ९० डिग्रीमा राखेर काम गर्नु राम्रो हो । कुप्रिएर काम गर्नु हुँदैन । पछाडि ढल्किएर पनि काम गर्नु हुँदैन । कम्प्युटर र आँखाको सतह बराबर हुनुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जिउ तन्काउनु राम्रो हो । यी पक्षलाई ध्यान दिएमा ढाड वा कम्मरको दुखाइ निकै हदसम्म कम हुन्छ ।

मोटरसाइकल प्रयोगकर्ता

सडकका कारण मोटरसाइकल चलाउनेहरुलाई ढाडको समस्या देखिन्छ । सडकमा हुने खाल्डो र ग्राभेलले गर्दा मोटरसाइकल चलाउनेहरुको शरीरमा कम्पन पैदा हुन्छ । त्यसले मेरुदण्डमा असर पर्छ र खिइने समस्या हुन्छ । त्यसैले मोटरसाइकल सकेसम्म नचलाउन सुझाव दिए पनि त्यो व्यावहारिक हुँदैन।
 
स्पाइनको समस्या दुखाइबाट नै सुरु हुन्छ । गर्धन र कम्मर दुख्ने, हातखुट्टा झमझमाउने, कि एउटा हात वा खुट्टामा दुखाइ सर्ने जस्ता समस्या हुन्छन् । नसा च्यापिएर दुखाइ सर्ने, खुट्टा या हात लाटो हुने आदि समस्या हुन्छन् । मेरुदण्डको इन्फेक्सनले दुखाइ अनि साथमा ज्वरो पनि ल्याउँछ । सजग हुनुपर्ने अवस्था के हो भने स्पाइनल समस्या भएमा दुखाइ सहेर बस्नु हुँदैन । तुरुन्त चिकित्सक या विशेषज्ञलाई भेट्नुपर्छ।

स्पाइनको समस्या दुखाइबाट नै सुरु हुन्छ । गर्धन र कम्मर दुख्ने, हातखुट्टा झमझमाउने, कि एउटा हात वा खुट्टामा दुखाइ सर्ने जस्ता समस्या हुन्छन् । नसा च्यापिएर दुखाइ सर्ने, खुट्टा या हात लाटो हुने आदि समस्या हुन्छन्।

मेरुदण्डका समस्यालाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । सर्जिकल ब्याक पेन र ननसर्जिकल ब्याकपेन । ७० प्रतिशत समस्या ननसर्जिकल हो । हरेक बिरामीलाई सर्जरी चाहिँदैन । सर्जरी नै भनेपछि बिनाचिरफार गरिने उपचार विधि छन् । म आफैँ पनि निकै कम सर्जरीका केसहरु हेर्छु । जसले औषधी वा फिजियोथेरापी वा जीवनशैली परिवर्तनबाटै अधिकांश समस्या निको हुन्छ । महिलामा ढाड दुख्ने समस्या अलि बढी नै देखिन्छ । निहुरेर बस्ने, भात पकाउने, कपडा धुने, भारी बोक्ने आदि कारणले समस्या देखिएको हो।

मेरुदण्डको विशेषज्ञ सेवा

स्पाइनको समस्या निदानका लागि स्पाइन विशेषज्ञकहाँ जानु राम्रो विकल्प हो । एउटै विषयमा केन्द्रित हुँदा दक्षता हुने भएकाले नै उनीहरु विशेषज्ञ सेवाका लागि दक्ष हुन्छन् । तर नेपालमा औँलामा गन्न सकिने मात्रै विशेषज्ञ छन् । स्पाइनको उपचार सर्वसाधारणमा लैजानु पनि जरुरी छ । गाउँमा बस्ने महिलालाई उपचार छैन । सरकारले कम्तीमा एउटा केन्द्र तोकिदिनुपर्छ, जहाँ सहुलियतमा मेरुदण्डको उपचार हो।

स्पाइन सर्जरीमा निकै जटिल हुन्छ । स्पाइन सर्जनबाट यसको उपचार गरे जोखिम निकै कम हुन्छ । यसमा प्लारालाइसिसलगायत समस्या पर्छन् । नसामा इन्जुरी भएर नचल्ने जोखिम हुन्छ । तर अहिले अभ्यास भने अर्थो र न्युरो सर्जनले पनि सर्जरी गरिरहेका हुन्छन् । अन्तर्राष्ट्रिय अध्ययनअनुसार, विशेषज्ञबाट यस्तो सेवा लिएमा जोखिमको सम्भावना शून्य दशमलव ५ प्रतिशत मात्रै छ । त्यसैले विशेषज्ञ र दक्ष स्पाइन सर्जनबाट उपचार पाएमा उपचारका क्रममा हुने जोखिम निकै कम हुन्छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने