काठमाडौं– आँखुखोला जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ) असोज २३ गतेदेखि निष्काशन हुने भएको छ। कम्पनीले १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।
_x000D__x000D_
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ८ लाख कित्ता सेयर बिक्री गर्दा नबिकेको १ लाख ७६ हजार कित्ता पनि सर्वसाधाणलाई बिक्री गर्न लागेको हो।
_x000D__x000D_
कम्पनीले जारी गर्न लागेको आइपिओमा छिटोमा असोज २६ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा कात्तिक ६ गतेसम्मका लागि बिक्री खुला गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ।
_x000D__x000D_
आइपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्मको लागि आवेदन दिन पाइनेछ। आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने कम्पनीले जनाएको छ।
_x000D__x000D_
कम्पनीले ६८ हजार ७६ कित्ता सामूहिक लगानीको कोषका लागि र कर्मचारीका लागि २७ हजार ५२० कित्ता बाँडफाँड गरिसकेको छ।
_x000D__x000D_
कम्पनीको क्रेडिट रेटिङ सबैभन्दा खराब ‘इक्रा एनपी आइपिओ ग्रेड ५’ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।