काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्केका छन्। पत्नी सीताको उपचारका लागि सिंगापुर गएका नेकपाका अध्यक्ष सोमबार राति फर्केका हुन्।
_x000D__x000D_
दाहालका प्रेस संयोजक विष्णु साप्कोटाले अध्यक्ष प्रचण्ड सीताको उपचारपछि नेपाल फर्केको बताए। सापकोटाका अनुसार चिकित्सकले सीतालाई ६ महिना नियमित औषधि सेवन गर्न सुझाएका छन्। सीताको स्वास्थ्य अवस्थामा सुधार आउन थालेको छ।
_x000D__x000D_
दाहाल नेपाल फर्कनासाथ राजनीतिक भेटघाट र छलफलमा व्यस्त हुने उनले बताए। सिंगापुर रहेका बेला पार्टीभित्र मतभेद सार्वजनिक भएकाले त्यसबारेमा नेताहरुसँग छलफल गर्ने दाहालको तयारी छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
_x000D__x000D_
अमेरिकापछि कोस्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि विवाद नरहेको दावी गरिरहेका बेला दाहालले सिंगापुरबाटै नेपाललाई फोन गरेर पछिल्ला असमझदारी र असहमतिका बारेमा आफू नेपाल फर्केपछि कुरा गर्न सकिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।