राजविराज– सप्तरीको राजविराज नगरपालिकाले सोमबार नगरभित्रका ३२ जना वृद्धवृद्धालाई सम्मान गरेको छ।
_x000D__x000D_
जेष्ठ नागरिक जिल्ला संघ र पूर्व कर्मचारी सेवा परिषद् सप्तरीको समन्वयमा २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारी उनीहरुलाई सम्मान गरिएको हो।
_x000D__x000D_
सम्मानित हुनेमा ८५ देखि १ सय ११ वर्षसम्मका वृद्धवृद्धा छन्।
_x000D__x000D_
वडा नं. १३ की १ सय ११ वर्षीया सीतादेवी यादव, वडा ४ का ९७ वर्षीय गुणानन्द चौधरी, १४ का ९६ वर्षीय छोटकैन मण्डल, ४ की ९६ वर्षीया सुजानवती मण्डल र १५ की ९५ वर्षीया कोशील्यादेवी लगायत ३२ जनालाई सम्मान गरिएको मेयर शम्भु यादवले बताए।
_x000D__x000D_
सम्मानका लागि नगरका १६ वटै वडाबाट २/२ जना वृद्धवृद्धालाई छनोट गरिएको थियो।
_x000D__x000D_
असक्तताका कारण उपस्थित हुन नसकेका केही वृद्धवृद्धालाई घरमै गएर सम्मान गरिएको जेष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरि प्रसाद भट्टराईले बताए।
_x000D__x000D_
ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ।
_x000D__x000D_
विं.स २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत जेष्ठ नागरिक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।