काठमाडौं– सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पहिलो चरणको छनोट प्रतियोगिता खेल्नका लागि नेपाली टिम मलेसिया प्रस्थान गरेको छ।
_x000D__x000D_
असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गर्नेछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।
_x000D__x000D_
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणबाट २ टिम मात्र अन्तिम चरणका लागि छनोट हुनेछन्।
_x000D__x000D_
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
_x000D__x000D_
नेपाली टिम
_x000D_पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी । वैकल्पिक खेलाडी : सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ, सागर पुन ।
_x000D__x000D_
जगत टमाटा – प्रशिक्षक
_x000D__x000D_
दिनेश भट्ट– फिजियो
_x000D__x000D_
रमन सिवाकोटी– व्यवस्थापक
_x000D_
_x000D__x000D_
पहिलो चरणको छनोटमा नेपालको खेल
_x000D_असोज १७– नेपाल भर्सेस म्यानमार– किनरारा ओभल
_x000D_असोज २०– नेपाल भर्सेस मलेसिया– किनरारा ओभल
_x000D_असोज २१– नेपाल भर्सेस थाइल्यान्ड– किनरारा ओभल
_x000D_असोज २३ – नेपाल भर्सेस भुटान– बायुमास ओभल
_x000D_असोज २४– नेपाल भर्सेस चीन– किनरारा ओभल
_x000D_असोज २६– नेपाल भर्सेस सिंगापुर– किनरारा ओभल
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।