नुवाकोट– नुवाकोटको शिवपुरी गाउँपालिकाको सम्पूर्ण विद्यालयमा आइतबारबाट विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ।
_x000D__x000D_
गाउँपालिकाका सबै आधारभूत तथा माध्यामिक गरी १६ वटा विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको शिवपुरी गाउँपालिकाको कार्यालयले जनाएको छ।
_x000D__x000D_
आइतबार एक कार्यक्रम आयोजना गर्दै गाउँपालिकाले जनज्ञान निकेतन मावि, थानापतिबाट यसको औपचारिक सुरुवात गरिएको गाउँपालिकाका सूचना अधिकृत शालिकराम घिमिरेले बताए।
_x000D__x000D_
सूचना अधिकारी घिमिरेले पहिलो चरणमा विद्युतीय हाजिरी मेसिन जडान भएका १६ विद्यालयको हाजिरी तीन महिना परिक्षण गरेर मात्र अन्य विद्यालयमा पनि जडान गरिने बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।