भैरहवा– भैरहवामा केन्द्रीय कार्यालय रहेको सिद्धार्थ यातायात प्रालिले पुरानै भाडादरमा यात्रुलाई सेवा दिने भएको छ। सरकारले आफैंले खारेज गरेका यातायात समितिहरुसगँ झुक्दै दसैंतिहारको मुखमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्न सम्झौता गरेको थियो।
_x000D__x000D_
तर, सिद्धार्थ यातायात प्रालिको भैरहवामा बसेको बैठकले दसैंतिहारको मुखमा सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा जनतालाई असर पर्ने भएकाले कम्पनीले भाडा वृद्धि नगरी पुरानै भाडादरमा सेवा प्रदान निर्णय गरेको हो। यता, जिल्लामा सञ्चालित अन्य यातायात व्यवसायी समितिले सरकारको निर्णयअनुसार भाडामा थप १० प्रतिशत बढाएर सेवा प्रदान गरिरहेका छन्।
_x000D__x000D_
दसैंतिहारको मुखमा भाडा वृद्धि गरिएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको बेला सिद्धार्थ यातायातले भने चाडबाडको मुखमा आम नागरीकमा समस्या पर्ने भन्दै यस्तो निर्णय लिएको बताएको छ। सिद्धार्थ यातायातका अध्यक्ष सूर्यकुमार सारु मगरले भने, ‘चाडपर्वको बेला भाडा वृद्धि गर्दा आम नागरिकमा नकारात्मक सन्देश जानुका साथै यात्रुहरु समस्यामा पर्छन्। यस कुरालाई ख्याल गर्दै हामीले भाडा वृद्धि नगरी पुरानै भाडादरमा यात्रुहरुलाई सेवा दिने निर्णय गरेका हौं।’
_x000D__x000D_
उनले वैज्ञानिक भाडादर कायम गर्न गठित सरकारी कार्यदलले यही मंसिर २९ गते बुझाउने भनिएको प्रतिवेदन कार्यान्वयनमा नआउदासम्म पुरानै भाडादरमा यात्रुहरुलाई सेवा प्रदान गर्ने पनि स्पष्ट पारे। अध्यक्ष मगरले कम्पनीलाई नाफा कमाउने भन्दा पनि सेवामूलक कम्पनीको रुपमा स्थापित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बताउँदै सोहीअनुसार अगाडि बढेको जानकारी दिए।
_x000D__x000D_
उनले भारतमा कार्यरत नेपालीहरु चाडपर्व मनाउने क्रममा घर फर्किंदा बीच बाटोमा लुटिएर बेखर्ची भएको भेटिएमा त्यस्ता पीडित यात्रुहरुलाई निःशुल्क गन्तव्यसम्म पुर्याउने बताए। उनले यातायात कम्पनीका चालक, सहचालक कसैले यात्रुलाई दुव्र्यहार, बढी भाडा लिएको वा अन्य कानुनको उल्लंघन गर्ने कार्य गरेको पाइएमा तत्काल उजुृरी गर्न आग्रह गर्दै त्यस्ता चालक तथा सहचालकलाई तत्काल कारबाही गरिने पनि प्रतिबद्धता जनाए।
_x000D__x000D_
कम्पनीले विभिन्न जिल्लामा यातायात मार्फत सेवा दिँदै आएको छ। दसैंअघि नै कम्पनीले स्थानीयस्तरमा समेत ‘एसी’ बस सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। सरकारले यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेपश्चात् सिद्धार्थ यातायात सञ्चालनमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।