धनगढी- टीकापुर घटनामा ८५ जनाले बकपत्र दिएका छन्। टीकापुर घटना भएको तीन वर्षपछि जिल्ला अदालत कैलालीमा वादी र प्रतिवादी पक्षका साक्षी बुझी बकपत्र गराउने काम आईतबार सकिएको हो।
_x000D__x000D_
वादीतर्फको वकालत गरिरहेका अधिवक्ता गजेन्द्र केसीले साक्षी बकपत्रको कार्य सकिएको जानकारी दिए। बकपत्र सकेपछि मुद्दा तुरुन्तै पसीमा जाने उनले जानकारी दिए। तर सक्कल मिसिल उच्च अदालत काठमाडौं पठाइएको छ।
_x000D__x000D_
जिल्ला अदालत कैलालीले भदौं २४ गतेदेखि नियमित साक्षी वकपत्रका लागि उपस्थित गराएको थियो।
_x000D__x000D_
बकपत्रमा वादीपक्षका ३५ र प्रतिवादी पक्षका ५० जना गरी ८५ जना साक्षी अदालतमा उपस्थित भएका थिए। टीकापुर घटनाको मुद्दा प्रक्रियामा गइसकेकोले अब छिट्टै किनारा लाग्ने सम्भावना रहेको अधिवक्ता केसीको भनाई छ।
_x000D__x000D_
२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका अभियुक्तलाई जिल्ला अदालत कैलालीले भाद्र २४ गतेदेखि साक्षी बकपत्रको लागि उपस्थित गराएको थियो।
_x000D__x000D_
घटनाको अभियोगमा सांसद रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि कारागार चलान गरिएका छन्।
_x000D__x000D_
थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक नाबालकसहित ८ प्रहरीको ज्यान गएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।