कठमाडौं– निर्मला पन्त हत्याको छानबिन समितिका सदस्यमाथि कैलालीमा अाक्रमण भएको छ। सहसचिव हरि मैनालीको नेतृत्वको छानबिन समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको हो। आक्रमणमा संग्लन भएको आरोपमा प्रहरीले ६ जना पक्राउ गरेको छ।
_x000D__x000D_
काठमाडौंबाट आइतबार धनगढी गएका केसीमाथि विमानस्थलबाट बाहिरने क्रममा अाक्रमण भएको प्रहरीले जनाएको छ। बा १ झ ९७०३ नम्बरको गाडीमा सवार केसीमाथि ढुंगा प्रहार भएको हाे।ढुङ्गा प्रहारबाट गाडीको सीसा फुटेको छ।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेले केसीमाथीको आक्रमण बन्दकर्ताबाट भएको बताए।
_x000D__x000D_
धनगढीमा प्रदेश राजधानीको माग गर्दै बन्द आह्वान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।