काठमाडौं- रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले युवा, श्रम र रोजगारी मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताएका छन्। आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले मुलुकको आर्थिक समृद्धिमा युवाको महत्वपूर्ण भूमिका रहने बताउँदै तिनलाई श्रम र रोजगारीसँग जोड्नु आवश्यक रहेको बताए।
_x000D__x000D_
सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यमा पुग्न युवा, श्रम र रोजगारीलाई एकीकृत ढंगले अघि बढाउनुपर्नेमा उनले जोड दिए। स्वदेशमा रोजगारीका अवसर नपाई भौंतारिएका युवालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सम्बोधन गर्ने उनले बताए। ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य उत्पादित जनशक्तिलाई आन्तरिक श्रम बजारमै रोजगारीका अवसर सिर्जना गर्ने हो,’ मन्त्री विष्टले भने, ‘विदेशी मरुभूमिलाई हरियाली बनाउने युवासँग नेपाललाई आर्थिक समृद्धिको बाटोमा लैजाने क्षमता छ।’
_x000D__x000D_
कार्यक्रममा बोल्ने अधिकांश वत्ताले देश विकासका लागि युवा, श्रम र रोजगारलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोढ दिए।
_x000D__x000D_
नेपाल युवा संघका अध्यक्ष रमेश पौडेलले सरकारले विगतदेखि नै युवालाई आश्वासन मात्र बाँड्दै आएको आरोप लगाए।
_x000D__x000D_
‘युवाका लागि भनेर ल्याइएका बजेट र कार्यक्रम लक्षित बर्गसम्म नपुग्दा ति युवा विदेशीनुपर्ने बाध्यता सृजना भएको छ,’ उनले भने। मन्त्रालयले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम सकारात्मक भएको उनको धारणा थियो। ‘यो कार्यक्रममार्फत बेरोजगार युवाका समस्या सम्बोधन गर्नुपर्छ।’ उनले थपे, ‘त्यसका लागि राजनीतिक दलका युवा संगठनको पूर्ण समर्थन रहन्छ।’
_x000D__x000D_
युवा जनशक्ति पलायन रोक्न सरकारले ध्यान नदिदाँ मुलुकलाई ठूलो क्षति भएको नेपाली कांग्रस निकट तरुण दलका केन्द्रीय उपाध्यक्ष उक्तम कार्कीले बताए। सरकारले वैदेशिक रोजगारीको विकल्प खोज्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो। सरकारले युवाका लागि लोकप्रिय योजना मात्र ल्याउने गरे पनि कार्यान्वयन पक्षमा ध्यान नदिइएको आरोप वाइसिएलका केन्द्रीय महासचिव विश्वास डिसीले बताए।
_x000D__x000D_
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् आन्तरिक श्रम बजारमा वार्षिक एक लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ। सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरी बेरोजगार युवालाई रोजगारी सृजना गर्ने तयारी भइरहेको मन्त्रालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।