काठमाडौं–आगामी महिना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ६ खेलाडी महँगो मूल्यमा बिक्रि भएका छन्। आइतबार भएको खेलाडी अक्सन (बोलकबोल) मा महँगा बनेका ६ जना खेलाडी नै राष्ट्रिय टिमका छन्।
_x000D__x000D_
आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि आइतबार ६ टिमले अक्सनबाट खेलाडी किनेका हुन्। जसमा बुटबल ब्लास्टर्सले अलराउन्डर सागर पुनलाई २ लाख ५० हजार रुपैयाँमा आफ्नो टिममा आवद्ध गर्न सफल भयो। उनलाई भित्राउन अन्य टिमले पनि चासो देखाएका थिए। तर बुटवलले लक्की ड्रमार्फत सागरलाई भित्राउन सफल भयो।
_x000D__x000D_
चितवनले महँगो मूल्यमा ३ खेलाडी भित्राएको छ। जसमा ब्याट्सम्यान अनिलकुमार साह, बलर करण केसी र अलराउन्डर मोहमद आरिफ शेख छन्। तीन जना २ लाख ५० हजार रुपैयाँमा आवद्ध भए। आरिफ र करणलाई पाँच टिमले आफ्नो टिममा भित्राउन चाहेका थिए। यस्तै अनिलले भने ६ टिमले नै आवद्ध गर्नका लागि झन्डा उठाएका थिए। तर लक्की ड्रमा चितवनले बाजी मार्यो। उनलाई
_x000D__x000D_
यता सिनियर स्पिनर बसन्त रेग्मी पनि महँगो मूल्यमा ब्रिकि भए। काठमाडौं रोयल्सले २ लाख ५० हजारमा भित्र्यायो।
_x000D__x000D_
पोखराले महँगो मूल्यमा २ खेलाडी भित्र्यायो। ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र विनोद भण्डारी समान २ लाख ५० हजार रुपैयाँमा पोखरामा आबद्ध भए।
_x000D__x000D_
पिपिएलमा सहभागी २ टिम विराटनगर टाइटन्स र धनगढी ब्लुजले भने महँगा मूल्यका आफ्नो टिममा खेलाडी आबद्ध गरेनन्।
_x000D__x000D_
महँगा बनेका ६ जना नै सिनियर टिमबाट खेलेका खेलाडी हुन्। उनीहरुको अधिकतम मूल्य २ लाख ५० हजार रुपैयाँ तोकिएकाले सबै खेलाडी समान मूल्यमा टिममा आवद्ध भएका हुन्।
_x000D__x000D_
राष्ट्रिय टिमबाट खेलेका सुनिल धमला २ लाख २० हजारमा विराटनगरमा आवद्ध भएका छन्। यस्तै बुटवलले सिद्धान्त लोहनीका लागि १ लाख ६० हजार तथा ललितसिंह भन्डारीका लागि २ लाख रुपैयाँ खर्च गर्यो।
_x000D__x000D_
विकेटकिपर ब्याट्सम्यान दिलीप नाथ धनगढीमा २ लाख ४० हजार रुपैयाँमा बिक्री भए। काठमाडौंले सुसन भारीलाई १ लाख ५० हजार तथा पृथु बाँस्कोटालाई १ लाख २० हजार रुपैयाँ तिर्यो। यस्तै नरेश बुढाएर पनि काठमाडौंमा २ लाख ३० हजारमा आवद्ध भए। मेहबुब अलाम पोखरा पल्टनमा १ लाख ६० हजारमा आवद्ध भए।
_x000D__x000D_
यता शक्ति गौचन भने अक्सनमा ब्रिकी हुन सकेनन्। अक्सन सकिएपछि भएको 'विस लिस्ट' ( असक्न सकिएपछि न्यूनतम मूल्यमा चाहेको मूल्यमा खेलाडी लिन सक्ने) बाट चितवनले शक्तिलाई आवद्ध गर्यो। शक्तिको न्यूनतम मूल्य २ लाख १० हजार थियो। तर चितवनले अन्तिममा खर्च गर्न पाउने रकम २० हजार मात्र बाँकी भएकाले शक्तिलाई आवद्ध गर्न २५ प्रतिशत पेनाल्टी तिर्यो। जसले गर्दा शक्तिको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ पुग्यो। शक्तिले २ लाख १० हजार मात्र पाउने छन् भने पेनाल्टी रकम आयोजकलाई जानेछ।
_x000D__x000D_
_x000D_सर्वाधिक महँगा खेलाडी बनेका ७ खेलाडी
_x000D_सागर पुन– २ लाख ५० हजार – बुटवल ब्लास्टर्स
_x000D_अनिलकुमार साह– २ लाख ५० हजार – चितवन राइनोज
_x000D_करण केसी– २ लाख ५० हजार – चितवन राइनोज
_x000D_मोहमद आरिफ शेख– २ लाख ५० हजार – चितवन राइनोज
_x000D_बसन्त रेग्मी – २ लाख ५० हजार – काठमाडौं रोयल्स्
_x000D_रोहितकुमार पौडेल– २ लाख ५० हजार – पोखरा पल्टन
_x000D_विनोद भण्डारी –२ लाख ५० हजार – पोखरा पल्टन
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।