काठमाडौं- महानगरीय प्रहरी परिसर, काठमाडौले पनि दसैं, तिहार जस्ता चाडलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेको छ।
_x000D__x000D_
महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी दसैं, तिहारलगायतका चाडपर्वलक्षित विशेष विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो। चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए।
_x000D__x000D_
परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादा पाेशाकमा प्रहरी टोली परिचालन गरेको छ। त्यसैगरी चाडबाडमा बढी भीडभाड हुने स्थान बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, ठूला सपिङ मलमा विशेष निगरानी गरिएको पनि प्रमुख लामाले बताए।
_x000D__x000D_
जनताको जीउधनको सुरक्षाका लागि काठमाडौंका विभिन्न स्थानमा ६० वटा गस्ती टोली परिचालन गरेको परिसरले जानकारी दिएको छ। टोलीले दसैंमा उपत्यका बाहिर जाने यात्रुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीसँग आवश्यक सहकार्य गर्नेछ।
_x000D__x000D_
परिसरले दसैं, तिहार लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन ३ हजार ५ सय ३५ जना प्रहरी परिचालन गरेको छ। टिकट काउन्टर र काठमाडौंका मुख्य नाकामा परिसरले व्यापक सुरक्षा टोली परिचालन गरेको छ। व्यक्तिको सम्पत्तिको सुरक्षा, बैंक, वित्तीय संस्थामा हुने लुटपाट नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाइएको जानकारी प्रमुख लामाले दिए।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।