राजविराज– सम्पत्तिको लोभ र घरपरिवारको रिसइबीका कारण परिवारकै सदस्यद्वारा हत्या गरिएका राजविराज–१५ मुसहर्नियाका ३८ वर्षीय सूर्यनारायण साह र उनकी डेढ वर्षिया छोरी प्रतिभाको शव अझै फेला परेको छैन।
_x000D__x000D_
उक्त घटनामा सूर्यनारायण, उनकी २४ वर्षीया पत्नी बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो। तीनै जनाको हत्याको पुष्टि र शव गाडेको स्थान पत्ता लागे पनि पत्नी २४ वर्षीया बेचनीदेवीबाहेक सूर्यनारायण र उनकी छोरीको शव फेला नपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए।
_x000D__x000D_
हत्या भएको ५ दिनपछि गत जेठ ३१ गते घर पछाडिको सेफ्टी ट्यांकीमा गर्भवती बेचनीदेवीको शव भेटिएको थियो। ‘बाबुछोरीको शव गाडेको भनिएको स्थान र आसपासका सम्भावित क्षेत्रमा हामीले तत्कालै उत्खनन् गर्यौं, डिएसपी रिमाल भन्छन्, ‘डुंगाको प्रयोग र गोताखोरको सहयोग लिँदा पनि शव फेला पार्न सकिएन।’ हत्या आरोपमा पक्राउ परेकाहरुले दुवै जनाको शव कोशी पश्चिमी नहरको मुहर्नियास्थित च्यानल (पुल) मुनि गाडेको बयान दिएका थिए।
_x000D__x000D_
_x000D__x000D_
आमा सोमवतीसँग मृतक सुर्यनारायण साह।
_x000D__x000D_
घटना हुँदा नहरमा अत्यधिक पानी र निरन्तर वर्षाका कारण खोजी कार्य प्रभावित भएको उनको भनाइ छ। खोजी जारी रहे पनि समय धेरै बितेकाले शव भेटिने सम्भावना भने न्यून बन्दै गएको डिएसपी रिमाल बताउँछन्। ‘आरोपीलाई सँगै राखेर पनि हामीले खोजतास गर्यौं। अन्य सम्भावित स्थान पनि छोडेको छैन’ उनी भन्छन्, ‘शव बाढीले बगाएको हुनसक्छ, भेटिने सम्भावना चाहिं कमै छ।’
_x000D__x000D_
घटना भएको तीन महिना बितेको छ। हत्यामा संलग्न सूर्यनारायणका भाइ ३६ वर्षीय मुर्जा भन्ने पञ्चदेव, पञ्चदेवकी पत्नी प्रमिलादेवी, सालो सत्यनारायण साह, छिमेकी २४ वर्षीय धर्मेन्द्र साह र ५० वर्षीय थापा भन्ने जिवछ साह पक्राउ परेका छन्। तर, हत्यामा संलग्न अन्य आरोपीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। सहोदर मामा चलितर यादवसहित पाँचजना अझै फरार छन्।
_x000D__x000D_
पक्राउ परेकाहरुले सूर्यनारायणसहित उनकी पत्नी र छोरी प्रतिभाको आफूहरुले नै हत्या गरेको बयान दिएका थिए। सम्पत्तिको लोभ र घरपरिवारको रिसइबीका कारण हत्या गरिएको उनीहरुको बयान छ। वर्षौंदेखि एकलौटी उपभोग गर्दै आएको सम्पत्ति एकाएक अंश लगाउनुपर्ने अवस्था भएपछि सूर्यनारायणको परिवार नै सिध्याएर सम्पूर्ण सम्पत्ति एकलौटी बनाउने लोभमा हत्याको योजना बनेको अनुसन्धानवाट खुलेको थियो।
_x000D__x000D_
_x000D__x000D_
पक्राउ परेका आरोपीहरुलाई सार्वजनिक गर्दै तत्कालीन एसपी मुकेशकुमार सिंह र डिएसपी रिमाल।
_x000D__x000D_
गाउँलेहरुका अनुसार २०४७ सालमा मृत्यु भएको भनेर काजक्रिया गरिएका सूर्यनारायण गत २०७२ असारमा अचानक घर फर्किएका थिए। सहोदर मामा चलितर यादवले भारतको पञ्जाव राज्यअन्तर्गत जालन्धरमा रहेको फलाम उद्योगमा लगी आफूलाई ८० हजार (भारतीय रुपैयाँ) मा बेचेको उनको दाबी थियो।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।