काठमाडौं– गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको आवाजमा ‘कर्के नजर’ बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको गीतको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालले बजारमा ल्याएको छ।
_x000D__x000D_
गीतमा काले दाइ, कान्छी मट्याङट्याङ जस्ता लोकप्रिय गीतमा संगीत भरिसकेका संगीतकार कोशिस क्षेत्रीको संगीत तथा वासुदेव नेपालको शब्द रहेको छ। गीतको म्युजिक भिडियोमा सृष्टि खड्का र सुवास तिमल्सिनाले अभिनय गरेका छन् भने सुरेन्द्र बसेलले भिडियोको कोरियोग्राफी गरेका हुन्।
_x000D__x000D_
बालाजुस्थित एनएफडिसी स्टुडियोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका छन् भने विकाश दाहालले सम्पादन गरेका छन्।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।