काठमाडौं– बुढानिलकण्ठको ४० आना जग्गा ठगी प्रकरणमा महानगरीय प्रहरी वृत्त गौशालाले मालपोत कार्यालयका प्रमुखसहित ४ जनालाई पक्राउ गरेको छ।
_x000D__x000D_
चावहिल मालपोत कार्यालयका प्रमुख उपसचिव कमलप्रसाद तिमल्सिना, नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठ, मुकुन्द धिताल र कार्यालय सहयोगी रमेशकुमार महर्जनलाई पक्राउ गरिएको गौशाल वृत्तका डिएसपी सुनिल मल्लले जानकारी दिए। उनीहरुलाई शुक्रबार कार्यालयबाटै नियन्त्रणमा लिइएको हो।
_x000D__x000D_
चन्दनकृष्ण कायस्थको बुढानीलकण्ठमा रहेको ६० करोड बराबरीको ४० आना जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा कीर्ते कागजात खडा गरी पास गरेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
बुढानीलकण्ठको उक्त जग्गा कृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो। उनीहरुलाई यसअघि नै प्रहरीले पक्राउ गरेको छ। उक्त जग्गा भदौ १८ गते ६ करोडमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।